नाइजेरियामा कोरोनाको चौथो चरणको महामारी

नाइजेरिया- नाइजेरियामा कोरोनाभाइरसको चौथो चरणको महामारी सुरु भएको घोषणा गरिएको छ ।
देशमा डेल्टा र ओमिक्रोन भेरियन्ट तीव्र रूपमा फैलिन थालेपछि सरकारले कोरोनाभाइरसको चौथो चरणको महामारी सुरु भएको निश्कर्ष निकालेको हो ।
अफ्रिकी मुलुकहरू मध्ये सबैभन्दा धेरै जनसङ्ख्या भएको नाइजेरियामा पछिल्लो दुई हप्तामा ५०० प्रतिशतका दरले सङ्क्रमण फैलिएको छ ।
नाइजेरियाको रोग नियन्त्रण केन्द्रका प्रमुख इफेडायो अडेटिफाले सङ्क्रमणको दर डरलाग्दोसँग फैलिएकाले चौथो चरणको महामारीको रूपमा लिइएको जानकारी दिए ।
उनका अनुसार नाइजेरियामा कोरोनाभाइरसका कारण अहिलेसम्म दुई लाख २३ हजार ८८७ जना सङ्क्रमित भएका छन् ।
कुल सङ्क्रमित मध्ये आइतबारसम्ममा दुई हजार ९८५ जनाको मृत्यु भएको पनि उनले जानकारी दिए ।
महामारी रोक्नका लागि संयुक्त प्रयासको आवश्यकता रहेको र त्यसका लागि सवैले आ आफ्नो तर्फबाट लाग्नु पर्नेमा उनले बताए । (सिन्ह्वा)

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया