कालिकोटका सबै पालिका सडक सञ्जालसँग जोडिए
कालिकोट- कालिकोटका नौवटै स्थानीय तह सडक सञ्जालसँग जोडिएका छन् । रास्कोट, खाडाचक्र र तिलागुफा नगरपालिका तथा महावै, शुभकालिका, सान्त्री त्रिवेणी, पचालझरना र नरहरिनाथ गाउँपालिका सडक सञ्जालसित जोडिएका हुन् ।
नौ स्थानीय तहका ८२ वडामध्ये प्रायःजसोमा सडक पुगेको छ ।उपप्रमुख मिमसरा बम शाहीका अनुसार रास्कोट नगरपालिकाका नौवटै वडामा सडक पुगेको छ । 'सबै वडा सडक सञ्जालसँग जोडिएका छन्,' उनले भनिन्, 'मूल सडक कालोपत्रे हुँदैछ भने अन्य वडामा कालोपत्रको तयारी छ ।'
खाडाचक्र नगरपालिकाका ११ वटै वडामा सडक पुगेको उपप्रमुख विजया विष्टले जानकारी दिइन् । 'स्थानीय सरकार बनेपछि सबै वडामा सडक पुर्याएका छौँ,' उनले भनिन्, 'सडकले जोडिएका वडामा त्यहाँ उत्पादन भएका वस्तु बजारीकरण गर्न सजिलो भएको छ ।' यस्तै तिलागुफा नगरपालिकाका ११ वटै वडामा पनि सडक पुगेको छ । सान्त्री त्रिवेणी गाउँपालिका, पलाँता गाउँपालिकाका र पचालझरना गाउँपालिकाका सबै वडा सडक सञ्जालले जोडिएका छन् ।
नरहरिनाथ गाउँपालिकाका नौमध्ये पाँच वडामा सडक पुगेको छ । चार वडामा यसै आर्थिक वर्षभित्र सडक विस्तार गरिने अध्यक्ष धीरबहादुर विष्टले बताए । वडा नं ८, ९, १, २ र ३ मा सडक बनेको छ । वडा नं ४, ५, ६ र ७ मा सडक खन्ने तयारी छ । शुभकालिका गाउँपालिका र महावै गाउँपालिकामा केही बाहेक अन्य वडा सडक सञ्जालले जोडिएका अध्यक्ष खडानन्द चौलागाईँले जानकारी दिए । रासस

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

प्रतिक्रिया