तोकिएकै समयमा निर्वाचन हुन्छ : अर्थमन्त्री पौडेल

वीरगन्ज : अर्थमन्त्री तथा नेकपा ओली समूहका महासचिव बिष्णु पौडेलले आगामी बैशाखमै निर्वाचन हुने दाबी गरेका छन् । वीरगन्जमा आयोजित भेलालाई सम्बोधन गर्दै उनले तोकिएकै समयमा निर्वाचन हुने दाबी गरेका हुन् । तोकिएकै समयमा निर्वाचन हुने निश्चित भएकाले शंका नगरी निर्वाचननको तयारीमा जुट्न उनले नेता–कार्यकर्तालाई निर्देशनसमेत दिए ।
आन्तरिक विवादका कारण अपेक्षित विकास हुन नसकेको स्वीकार गर्दै अर्थमन्त्री पौडेलले मुलुकलाई स्थायित्व प्रदान गर्न ताजा जनादेशमा जान आवश्यक रहेको बताए । प्रधानमन्त्री ओलीलाई थाहै नदिइ अविश्वासको प्रस्ताव पेशगरी पार्टी र सत्ता कब्जा गर्न खोजेको षड्यन्त्र पर्दाफास भएपछि प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेको उनले बताए ।
भेलालाई सम्बोधन गर्दै शहरी विकास मन्त्री तथा प्रदेश २ का अध्यक्ष प्रभु साहले प्रचण्डको निजी स्वार्थका कारण माओवादीको अस्तित्व संकटमा परेको बताए । बैशाखमा हुने निर्वाचनबाट फेरि केपी ओलीकै नेतृत्वमा बहुमतको सरकार बन्ने निश्चित भएको उनले दाबी गरे । त्यस्तै नेकपाका स्थायी समिति सदस्य रघुवीर महासेठले दाहाल–नेपालकै देश भुमरीमा फसेको आरोप लगाए । नेकपाका नेता कार्यकर्ताले सच्चा कम्युनिष्ट नेताको पहिचान गरिसकेकाले अबको निर्वाचनमा पुन: केपी ओलीकै नेतृत्वमा सरकार बन्ने दाबी उनले पनि गरे ।
नेकपा ओली समूहले बुधबार वीरगन्जमा विरोध प्रदर्शन तथा भेलाको आयोजना गरेको थियो । वीरगन्जमा भएको कार्यक्रममा प्रदेश २ का आठ जिल्लाका नेता–कार्यकर्ताको सहभागिता थियो ।
भोजपुरी भाषा सिकाउँदै वीरगञ्ज महानगर

पर्सामा तीन लाख ५१ हजार ६२८ मतदाताको नाम अद्यावधिक

नवराजपुरमा मैथिली भाषाको पाठ्यपुस्तक लागू

‘हाम्रो माया घर’ निर्माणले गति लियो

मोटरसाइकल आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु

पानीमा डुबेर दुई बालकको मृत्यु

ट्युवेलमा पानी खान जाँदा करेन्ट लागेर पुजारीको मृत्यु

प्रतिक्रिया