सहज जितसँगै युभेन्ट्स पाँचौ स्थानमा उक्लियो
काठमाडौँ- फेडेरिको बर्नार्डेचीले ६० खेलपछि गोल गर्दा युभेन्ट्सले इटालीयन सिरी ए मा रेलिगेशन जोनको कागलीयरीलाई पराजित गर्दै पाँचौ स्थानमा उक्लिएको छ ।
सिजनको सुरुआतमा खराब प्रदर्शन गरेको युभेन्ट्सले पाँचौ स्थानमा उक्लन मंगलबार कागलीयरीलाई २-० अन्तरले पराजित गरेको हो ।
खेलको ४० मिनेटमा मोइस केयनले गोल गर्दै एलिएन्ज मैदानमा युभेन्ट्सलाई अग्रता दिलाए । खेल सकिँन ७ मिनेट अघि फेडेरिकोले गोल गर्दै घरेलु टोलीलाई सहज जित दिलाए ।
फेडेरिकोले ५१३ दिन अघि गोल गरेका थिए । त्यस यता उनी गोलविहीन रहँदै आएका थिए ।
जितसँगै युभेन्ट्स १९ खेलबाट ३४ अंक जोड्दै पाँचौस्थानमा उक्लियो । पराजित कागरियरी भने समान खेलबाट १० अंक सहित रेलिगेशन जोनको १९औँ स्थानमा छ ।
गएराति नै भएको खेलमा जिनोआ र एटलान्टाले गोलरहीत बराबरी खेले ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया