मकवानपुरमा ई–पासपोर्टको दर्ता सुरु

मकवानपुर - जिल्ला प्रशासन कार्यालय मकवानपुरले ई– पासपोर्टका लागि आजबाट प्रत्यक्ष दर्ता सुरु गरेको छ । ई–पासपोर्टका लागि सेवाग्राही आफैँले पनि अनलाइन दर्ता गर्न सक्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
काठमाडाैं बाहिर पहिलो पटक मकवानपुरमा यो सेवा सुरु भएको हो । यसका लागि आवश्यक उपकरण र पूर्वाधारको व्यवस्थापन गरिएको बताइएको छ । सुरुमा दैनिक १५ जनाले मात्रै दर्ता गर्न सकिने र कार्यालयको क्षमता अनुसार विस्तारै यो सेवालाई थप गर्दै जाने योजना रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार दर्ता भएको सातदेखि १५ दिनभित्र ई–पासपोर्ट उपलब्ध गराउने छन् । ई–पासपोर्टका लागि अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र फारम भरेर दर्ता गर्नुपर्ने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए । यस कार्यबाट जिल्लाका बासिन्दा उत्साही भएका छन् ।
जापानले हेल्थ केयरमा २० हजार नेपालीलाई लैजाने

पूर्वश्रम स्वीकृति लिनेको सङ्ख्यामा वृद्धि

वैदेशिक रोजगारीमा गएका श्रमिकको योगदान कोषमा नियमित गर्न माग

वार्षिक सात टन मह उत्पादन गरेर कुस्त कमाउँदै घोराहीका घर्ती

असोजमा ५३ हजार बढी नेपाली विदेशिए
जापानले भवन सरसरफाइ तथा व्यवस्थापनमा नेपाली कामदार लैजाने

दुई हजार ‘केयरगिभर’ लैजान इजरायल सहमत

प्रतिक्रिया