कांग्रेस प्रदेश २ अधिवेशनमा कुटाकुट

जनकपुरधाम - नेपाली कांग्रेस प्रदेश २ को निर्वाचन गराउने/नगराउने विषयमा कुटाकुट भएकाे छ । निर्वाचन स्थल जनकपुरधामकाे गाेपाल धर्मशालामा सभापतिका उम्मेद्वार रामसराेज यादव र कृष्ण यादव समूहबीच आज निर्वाचन गराउने/नगराउने विषयमा भएकाे विवादमा कुटाकुट भएकाे हाे ।
साे कुटाकुटमा आधा दर्जन व्यक्ति घाइते भएकाे र निर्वाचन स्थलमा ताेडफाेड भएकाे छ । प्रदेश निर्वाचन समितिले अन्तिम नामावली प्रकाशन ढिलो गरेकाे र मतपत्र समयमै नछापिएकाे कारण बिहान ८ बजे हुने भनिएकाे निर्वाचन ढिलाे हुन गएपछि विवाद भएकाे हाे ।
निर्वाचन अधिकृत प्रल्हाद गाैतममले दुवै समूह सहमति गरेर आएपछि मात्रै निर्णय हुने जानकारी दिए । अहिले निर्वाचन स्थलमा दुवै समूहले हाेहल्ला र नाराबाजी गरिरहेका छन् । निर्वाचन स्थलकाे अवस्था तनावग्रस्त छ भने व्यापक रूपमा प्रहरी परिचालन गरिएकाे छ । प्रदेश २ मा विभिन्न ७२ सिटका लागि १७४ जना उम्मेद्वार छन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया