१६.६३ प्रतिशत लाभांश पारित गर्दै प्राइम बैंकको साधारण सभा सम्पन्न

काठमाडौँ - प्राइम कमर्सियल बैंक लिमिटेडको चौधौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारण सभाले सञ्चालक समितिले सिफारिस गरेबमोजिम आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १६ प्रतिशत बोनस सेयर तथा ०.६३१३ प्रतिशत नगद लाभांश (कर प्रयोजन समेत) दिने प्रस्ताव पारित गरेको छ ।
साधारण सभाले बैंकको सञ्चालक समितिमा सर्वसाधारण समूहमा सञ्चालक पद -१ मा गजेन्द्र विष्टलाई निर्विरोध निर्वाचित गरेको छ । विष्टज्यू यस अघि पनि बैंकको सञ्चालक थिए ।
साधारण सभालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सेयरधनीहरु लगायत सम्बन्धित सबैमा कृतज्ञता व्यक्त गर्दै साधारण सभामा अध्यक्ष श्रेष्ठले बैंकले विगतमा झैं आगामी दिनहरुमा पनि बैंकको सेवा र शाखाहरुको सञ्जाल विस्तार गर्दै लगी आफ्ना सेयरधनीहरुलाई यथोचित र समय सापेक्ष प्रतिफलको निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

फ्रान्सेली पर्वतारोही हर्जोगले अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेको ७५ वर्ष पुगेको …

प्रधानमन्त्री कप भलिवल प्रतियोगितामा शिवम् सिमेन्ट ‘स्ट्रेन्थ पार्टनर’ को रूपमा सह…

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

नेपाल एयरलाइन्सका ट्वीनअटर विमान पुन: नियमित उडानमा

भरतपुरमा नयाँ क्रेटा इभी सार्वजनिक

सुनको मूल्य घट्यो

गाजा दहमा थपिए पर्यटकीय पूर्वाधार

प्रतिक्रिया