आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

नेपालमा थप एक जनामा ओमिक्रोन भेरियन्ट पुष्‍टि

फाइल तस्बिर

काठमाडौँ- नेपालमा थप एक जनामा कोभिड भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखा परेको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर संगिता मिश्राले एक ५८ वर्षीय वृद्धमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जानकारी दिएकी छिन् ।

प्रवक्ता मिश्राले संक्रमित व्यक्ति अहिले होम आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको बताइन् । उनले ती व्यक्ति मन्त्रालयको नियमित सम्पर्कमा रहेको बताइन्। संक्रमितको सम्पर्कमा आएका  सबैको कन्ट्रयाक ट्रेसिङ गरेको उनले जानकारी दिइन् ।

योसँगै नेपालमा तीन जना ओमिक्रोन संक्रमित भेटिएका छन्। दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो ।