नाइजेरियामा सुरक्षा कारबाहीमा नौ जना मारिए

अुबजा : नाइजेरियामा मंगलबार राति सुरक्षाकर्मीहरूले गरेको कारबाहीमा ९ जना अज्ञात व्यक्तिको ज्यान गएको छ । उत्तरी अबुजा शहरमा गरेको कारबाहीका क्रममा कम्तीमा पनि नौ जना अज्ञात व्यक्तिको ज्यान गएको बताइएको छ ।
उनीहरु सशस्त्र समूहका व्यक्ति थिए वा को थिए भन्ने बारेमा भने केही पनि बताइएको छेन । प्रहरीले उनीहरूको कारबाहीका क्रममा ज्यान गएको बताएको छ ।
सुरक्षा अधिकारीहरूले अबुजा शहरमा केही समय अघिदेखि नै सशस्त्र समूहले स्थानीय नागरिकलाई दुःख दिएको बताएका थिए । त्यसैले सो शहरमा ठूलो संख्यामा प्रहरीहरू पनि परिचालन भएका बताइएको थियो । प्रहरी कारबाहीमा परेर सोमबार राति उनीहरू मारिएको जानकारी अधिकारीहरुले मंगलबार गराएका थिए ।
शहरमा रातिको समयमा बन्दुकधारीहरू लुट्नका लागि पनि आउने गरेका थिए । उनीहरूलाई नै लक्ष्य गरेर प्रहरीले सुरक्षा कारबाही चलाएको थियो । अबुजा शहर कादुना राज्यमा पर्दछ । कादुना राज्यका प्रहरी प्रमुख स्यामुअल अरुवानले सो क्षेत्रमा प्रहरीले गरेको कारबाहीका क्रममा मारिएकाहरूको पहिचानको खोजी भएको जानकारी दिए ।
ती लुटेराहरूको निकै नै आतंक रहेको भनिएका क्षेत्रहरूमा एम्बुस थापेर प्रहरी बसेको थियो । एम्बुसलाई पनि छलेर भाग्न खोजेपछि प्रहरीले उनीहरूमाथि गोली चलाएको प्रहरी कमिसनार स्यामुअलले जानकारी दिए ।
उनका अनुसार सो क्षेत्रमा नाइजेरियमा सशस्त्र विद्रोह गरिरहेका आतंककारी समूहका व्यक्तिहरूको पनि बस्ती रहेकोले उनीहरूको खोजीका लागि पनि ठूलो संख्यमा प्रहरी परिचालन गर्ने गरिएको छ । (रासस)

युक्रेन र अमेरिकाद्वारा सयुक्त समझदारी पत्रमा हस्ताक्षर
अमेरिकाले फालेका कागज पढेर चीनले निकाल्यो नुनबाट आणविक शक्ति

१५ वर्षपछि पाकिस्तान र बंगलादेशबीच सचिवस्तरीय वार्ता

स्वेच्छाले अमेरिका छाडनेलाई पैसादेखि हवाइ टिकटसम्म निःशुल्क

१३ सन्तानको पिता मस्क, अझै बढी किन जन्माउन चाहन्छन् सन्तान ?

'ट्रान्सजेन्डर महिला'लाई बेलायतले राख्यो महिला कोटाबाट बाहिर

अन्ततः ब्रम्हाण्डमा फेला पर्यो जीव भएको अर्को ग्रह

प्रतिक्रिया