कांग्रेस प्रदेश २ को निर्वाचन भोलि बिहान ८ बजेमात्रै सुरु हुने

जनकपुरधाम – कांग्रेस प्रदेश २ अधिवेशनको निर्वाचन आजको लागि स्थगित भएको छ । मतपत्र समयमा नछापिएको कारण भोलि बिहीबार बिहान ८ बजेदेखि मतदान हुने निर्वाचन समितिका संयोजक प्रल्हाद गौतमले बताएका छन् ।
इकागजसँग कुरा गर्दै उनले भने, ' ढिलो गरी अन्तिम नामावली प्रकाशन भएको कारण मतपत्र नछापिएको कारण स्थगित गर्नु परेको छ ।' उनले थप्दै भने, ‘प्रेसमा छाप्नका लागि दिएको मतपत्र पुरा छपाइ नभएको कारण स्थगित भएको हो, रातिसम्म मतपत्र छापिएपछि भोलि बिहान ८ बजेदेखि निर्वाचन हुन्छ ।’
निर्वाचन तालिका अनुसार आज बिहान ८ बजेदेखि नै निर्वाचन हुने थियो । तर उम्मेदवारको अन्तिम नामावली ढिलो गरी प्रकाशन भएपछि निर्वाचनका अन्य कार्यक्रमहरु प्रभावित भए । निर्वाचन हुन नसकेपछि मतदान स्थल जनकपुरधामको गोपाल धर्मशाला क्षेत्र अहिले तनावग्रस्त रहेको छ । सुरक्षाका लागि प्रहरी बाक्लो रुपमा परिचालन गरिएको छ ।
यसअघि सभापतिका उम्मेदवार रामसरोज यादव र कृष्ण यादव प्यानलबीच आजै निर्वाचन गराउने नगराउने विषयमा विवाद हुँदा कुटाकुटसमेत भएको थियो । रामसरोज समूहले बिजुली बत्तिलगायतका व्यवस्थापन नरहेको कारण भोलि निर्वाचन गराउन माग गर्दै आएको थियो । कृष्ण समूहले जसरी भए पनि आजै निर्वाचन गर्न माग गरेका थियो ।
सोही विषयलाई लिएर दुवै पक्षबीच मतदान स्थल जनकपुरधाम स्थित गोपाल धर्मशालामा कुटाकुट भएको थियो ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया