बुधबार ३२ असार, २०८२
Wednesday, July 16, 2025

ब्राउन सुगरसहित दुई भारतीय पक्राउ

सप्तरी - सप्तरीको कञ्चनरूप नगरपालिका–२ कञ्चनपुरबाट २२ ग्राम ब्राउन सुगरसहित दुई भारतीय युवकलाई प्रहरीले आज पक्राउ गरिएको छ।

पक्राउ पर्नेमा भारत बिहार राज्य सुपौल जिल्लाको भिमनगर ग्राम पञ्चायत–४ का ३१ वर्षीय गोलु भनिने रतन शर्मा र सोही ठाउँका ३५ वर्षीय जयप्रकाश पासवान रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । 

पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनरूप नगरपालिका–२ कञ्चनपुरस्थित जाँच गर्ने क्रममा बीआर ५० आर २४९६ नम्बरको मोटरसाइकलमा सवार दुवै जनाको साथबाट २२ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिए। यता पक्राउ गरिएको दुवै जनामाथि म्याद थप गराई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । रासस