आइतबार १८ साउन, २०८२
Sunday, August 03, 2025

अर्थतन्त्रका नकारात्मक सूचकमा गभर्नरको डिफेन्स : अवस्था विग्रिसकेको छैन, हामी सचेत छौं

फाइल तस्‍बिर

काठमाडौं - अर्थतन्त्रका सूचक नकारात्मक बन्दै गएसँगै आलोचना बढ्न थालेपछि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अवस्था विग्रिनसकेको भन्दै प्रतिरक्षा गरेका छन् । 

गभर्नर नियुक्ति भएको २१ महिनापछि पहिलोपटक आर्थिक पत्रकारहरुसँग अन्तर्क्रिया गर्दै गभर्नर अधिकारीले उच्च आयातका कारण व्यापारघाटा बढेपनि देशको विदेशी मुद्रा संचिती तथा रेमिट्यान्सको आप्रवाह भने सामान्य अवस्थामा नै रहेको दाबी गरे ।

पछिल्लो समयमा व्यापारघाटा, शोधानान्तर स्थिती, वैदेशिक मुद्रा संचिती, रेमिट्यान्स आप्रवाहलगायतका सूचकहरु नकारात्मक बन्दै गएपछि अर्थमन्त्री जनादर्न शर्मा र गभर्नर अधिकारीको आलोचना भइरहेको छ । अर्थमन्त्री शर्माले पनि सोमबार अर्थतन्त्र सामान्य अवस्थामा रहेको दाबी गरेका थिए । 

बुधबारको कार्यक्रममा गभर्नर अधिकारीले तरलता अभावको मूख्य कारण बैंकहरुको निक्षेप संकलन र कर्जा लगानीको असन्तुलन रहेको बताए । तरलता अभाव हटाउनका लागि राष्ट्र बैंकले विभिन्न कामहरु गरिरहेको बताउदै त्यसबाट समस्या समाधान हुने बताए ।  

गभर्नर अधिकारीले विभिन्न विलासी बस्तुको आयातमा निरुत्साहित गर्ने नीति लिएको र यसले सकारात्मक प्रभाव पार्ने दावी गरे । नेपाल राष्ट्र बैंकले सोमबार एक निर्देशन जारी गरी विभिन्न १८ वटा बस्तुहरुको आयातमा बस्तु हेरेर शत प्रतिशत वा ५० प्रतिशत नगद मार्जिन राख्ने व्यवस्था गरेको छ । गभर्नर अधिकारीले रेमिट्यान्स वास्तवमा घटेको नभएर गत सालसँगको तुलनामा केही घटेपनि कोभिड अगाडीको तुलनामा नघटेको दावी गरे । यसैगरी वैदेशिक मुद्रा संचिती पनि कोभिड अगाडीकै अवस्थामा रहेको जानकारी दिए ।  न्युज कारखाना 

कुमारी बैंकको अगुवाईमा ४१ अर्ब ६० करोडको लगानीमा माथिल्लो सेती जलविद्युत आयोजना (२१६ मेगावाट) को वित्तीय व्यवस्थापन सम्पन्न

कुमारी बैंकको अगुवाईमा ४१ अर्ब ६० करोडको लगानीमा माथिल्लो सेती जलविद्युत आय…

माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा एनएमबि बैंकको एकल ऋण लगानी

माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा एनएमबि बैंकको एकल ऋण लगानी

एनआईसी एशिया बैंकका ग्राहकले हेयर एण्ड शान्ति सैलुनमा १० प्रतिशत छुट पाउने

एनआईसी एशिया बैंकका ग्राहकले हेयर एण्ड शान्ति सैलुनमा १० प्रतिशत छुट पाउने

सिद्घार्थ बैंकका ग्राहकहरुलाई सारंग हेल्थ केयरमा १० प्रतिशत सम्मको छुट

सिद्घार्थ बैंकका ग्राहकहरुलाई सारंग हेल्थ केयरमा १० प्रतिशत सम्मको छुट

सानिमा बैंकको अन्तरबैंक टेलर क्युआर कारोबार सेवा सञ्चालन

सानिमा बैंकको अन्तरबैंक टेलर क्युआर कारोबार सेवा सञ्चालन

एनआईसी एशिया बैंकका ग्राहकले भक्तपुर इन्टरनेसनल हस्पिटलमा २० प्रतिशत छुट पाउने

एनआईसी एशिया बैंकका ग्राहकले भक्तपुर इन्टरनेसनल हस्पिटलमा २० प्रतिशत छुट पाउने

ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १०% छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १०% छुट

एनआईसी एशिया बैंक र एएसजी आई केयर एण्ड हेल्थ सर्भिसबीच आँखा उपचारमा सहकार्य, डिजिटल भुक्तानीमा आकर्षण छुट

एनआईसी एशिया बैंक र एएसजी आई केयर एण्ड हेल्थ सर्भिसबीच आँखा उपचारमा सहकार्य,…