यी हुन् अर्थतन्त्र सुधारका लागि राष्ट्र बैंकले चालेका कदम

काठमाडौं - अर्थतन्त्रका सूचक नकारात्मक बन्दै गएसँगै आलोचना बढ्न थालेपछि नेपाल राष्ट्र बैंकले सुधारका लागि विभिन्न प्रयास गरिरहेको जानकारी दिएको छ ।
बुधबार आर्थिक पत्रकारहरुसँगको अन्तरक्रियामा राष्ट्र बैंकले बजारमा तरलता अभाव हुन नदिन तथा शोधानान्तर घाटा कम गर्न विभिन्न मौद्रिक उपाय अपनाइएको जानकारी दिएको हो ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशमान श्रेष्ठले तरलता अभाव हुन नदिन विभिन्न मौद्रिक उपकरणमार्फत बजारमा पैसा पठाइएको जानकारी दिए । यसैगरी शोधानान्तर घाटा कम गर्नका लागि आयात निरुत्साहित गर्ने कदम चालिएको उल्लेख गरे ।
अर्थतन्त्र सुधार लागि राष्ट्र बैंकद्वारा चालिएका कदम
तरलता समस्याका लागि
चालु आर्थिक वर्षको पुष ५ गते सम्म स्थायी तरलता सुविधा मार्फत रू. २५०० अर्ब, ओभरनाइट रिपो मार्फत रु.६९ अर्ब, रिपो मार्फत रू. २२० अर्ब र सोझै खरिद मार्फत रू. २७ अर्ब प्रवाह भएको ।
कर्जा निक्षेप अनुपात २०७९ असारसम्म ९० प्रतिशतमा राख्नुपर्ने व्यवस्था गरिएको ।
पुनर्कर्जा सुविधा उपलब्ध गराइएको (चालु आ.व. को हालसम्म रू. ९२ अर्ब स्वीकृत)
नेपाल सरकारले स्थानीय तहको निक्षेपको ८० प्रतिशत बैंकहरूले निक्षेपको रूपमा गणना गर्न पाउने व्यवस्था गरिएको ।
व्याजदर केही बढेकोले निक्षेप संकलनमा वृद्धि भई अनावश्यक कर्जाको मागमा केही कमी आउने ।
शोधनान्तर घाटाको सम्बन्धमा
चाँदी आयात गर्नको लागि विदेशी मुद्राको उपलब्धतामा सीमा तोकिएको ।
केही वस्तुहरूको आयातमा शत प्रतिशत नगद मार्जिनको व्यवस्था ।
वैदेशिक रोजगारमा रहेकाहरूलाई बैंकको खातामा १ प्रतिशत थप व्याज प्रदान ।
गैर आवसिय नेपाली तथा यिनीहरूको संस्थाहरूले विदेशी मुद्रामा बचत तथा मुद्धती खाता खाल्न सक्ने व्यवस्था
वैदेशिक रोजगारीमा जाने कामदारहरूलाई सटही गर्न पाउने नगद विदेशी मुद्रामा कटौति
अवैध ढंगले आयात भैरहेको सुनलाई नियन्त्रण गरिएको ।
विदेशी ऋण ल्याउन सहजता प्रदान गरिएको ।
ननडेलिभरेवल डेरिभेटिफ फरवार्डको विदेशमा राख्न सक्ने सीमा घटाइएको ।
अन्तर्राष्ट्रिय मुद्रा कोनसंग विस्तारित कर्जा सुविधा स्वीकृत हुन लागेको। न्युज कारखाना

कुमारी बैंकको अगुवाईमा ४१ अर्ब ६० करोडको लगानीमा माथिल्लो सेती जलविद्युत आय…

माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा एनएमबि बैंकको एकल ऋण लगानी

एनआईसी एशिया बैंकका ग्राहकले हेयर एण्ड शान्ति सैलुनमा १० प्रतिशत छुट पाउने

सिद्घार्थ बैंकका ग्राहकहरुलाई सारंग हेल्थ केयरमा १० प्रतिशत सम्मको छुट

सानिमा बैंकको अन्तरबैंक टेलर क्युआर कारोबार सेवा सञ्चालन

एनआईसी एशिया बैंकका ग्राहकले भक्तपुर इन्टरनेसनल हस्पिटलमा २० प्रतिशत छुट पाउने

ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १०% छुट

प्रतिक्रिया