हारबाट जोगियो पीएसजी
काठमाडौँ- सर्जियो रामोसले दोस्रो खेलमै रातो कार्ड सामना गरेको खेलमा माउरो इकार्डीले गोल गर्दै फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई हारबाट जोगाएका छन् । बुधबार राति भ्रमणकारी टोली पीएसजीले लोरियन्टसँग १–१ गोलको बराबरीमा रोकिँदै अंक बाँडेको हो । लोरिएन्तमा भएको खेलमा थोमस मोनकोडुइटले ४० औं मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाए ।
८६ औं मिनेटमा पीएसजी १० खेलाडीमा सिमित भयो । दोस्रो पटक पीएसजी आएपछि मैदान प्रवेश गरेका रामोसले दोहोरो पहेँलो कार्ड ब्यहोरे । खेलको इन्जुरी समयमा आइकार्डीले अचराफ हाकीमीको पास सदुपयोग गर्दै पीएसजीलाई हारबाट बचाए ।
जितसँगै पीएसजीले १९ खेलबाट ४६ अंकसहित शीर्ष स्थानमा छ । शीर्षस्थानको पीएसजीसँग १३ अंकको अग्रता छ । दोस्रो स्थानको नाईससँग समान खेलबाट ३३ अंक छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया