आइकोरले थाल्यो विदेशी फिल्मको वितरण : शुक्रबार ‘म्याट्रिक्स’ रिलिज हुँदै

काठमाडौं- फिल्म निर्माण कम्पनी आइकोर फिल्म्स्ले विदेशी फिल्म वितरणको थालनी गरेको छ । कम्पनीको वितरण रहने हलिउड फिल्म ‘द म्याट्रिक्स रिसुरेक्सन’ शुक्रबारदेखि मुलुकका प्रमुख मल्टिप्लेक्समा प्रदर्शनमा आउने भएको छ ।
कम्पनीले बुधबार विज्ञप्ति जारी गर्दै फिल्मको वितरण सुरु भएको जानकारी दिएको छ । हलिउडको म्याट्रिक्स सिरिजकै पछिल्लो श्रृंखला रहेको फिल्मको प्रमुख भूमिकामा किनु रिभ्स र क्यारी एने मोस छन् । श्रृंखलाको पछिल्लो फिल्म ‘द म्याट्रिक्स रिभोलुसन’ सन् २००३ मा रिलिज भएको थियो ।
व्यवसायिक रुपमा हिट नेपाली फिल्महरु ‘मेरो लभस्टोरी’, ‘मेरो एउटा साथी छ’, ‘इन्टुमिन्टु लन्डन’मा निर्माण गरेको आइकोरले वान सिनेमाज् मल्टिप्लेक्समार्फत प्रदर्शनमा हात हालेसँगै वितरणलाई पनि अघि बढाएको हो ।
साथै, आइकोरले भेनिस र टोरन्टो फिल्म फेस्टिभलमा प्रिमियर गरिएको र अवार्ड जितेको चर्चित छोटो फिल्म दाद्या पनि निर्माण गरेको थियो । आइकोरकै फिल्म ‘आइएम ट्वान्टी वान’ रिलिज तयारीमा छ ।
आइकोर तथा वान सिनेमाज् निर्देशक प्रज्वल जबराले म्याट्रिक्स सिरिज आफ्नो मनपर्ने साइन्स फिक्सन भएको र चौथो श्रृंखलाले सम्बन्धित फिल्मको जनराको स्वाद दिने तथा दर्शकलाई नोस्टाल्जिक (विगतलाई लिएर भावुक तुल्याउने) बनाउने बताए ।
हलिउडमा पछिल्लो समय भिजनरी निर्देशक मानिने लाना निर्देशित यो फिल्मको मुख्य भूमिकामा रहेका कलाकारहरु रिभ्स र मोस क्रमशः दुई चर्चित पात्रहरु नियो र ट्रिनिटीको भूमिकामा देखिएका छन् ।
वार्नर ब्रोज पिक्चर्स स्टुडियोको प्रस्तुति रहेको फिल्मलाई भिलेज रोड सो पिक्चर्सले निर्माण गरेको हो । पछिल्लो समय हलिउड फिल्म स्पाइडरम्यान ः नो वे होमले नेपाली बक्सअफिसमा उछाल कमाइ गरिरहेको बेला रिलिज हुन लागेको द म्याट्रिक्स रिसुरेक्सनलाई पनि दर्शकले रुचाउने आशा आइकोरले लिएको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया