जम्काभेट सांगीतिक साँझमा एलिनाका गीत र महादेवको जादू

काठमाडौँ- चर्चित गायिका एलिना चौहानले राजधानीका दर्शक नचाउने भएकी छन् । क्रिसमस डेको अवसर पारेर अनामनर स्थित जम्काभेट रेष्टुरेन्टले विहिबार र शुक्रबार आयोजना गर्न लागेको ‘जम्काभेट सांगीतिक साँझ’ मा उनले आफ्ना चर्चित गीत संगीतबाट दर्शक नचाउने भएकी हुन् ।
जम्काभेट रेष्टुरेन्टकै आयोजना गरेको कार्यक्रममा उनले तिमीसँग नजर जुधाई, रुवाउने हजार, भाग्यमा खोट, चोली चुरोटलगायत करिव दर्जन बढी हिट गीत प्रस्तुत गर्नेछिन् । नेपाली जादुगरको रुपमा चर्चित कलाकार महादेव त्रिपाठीको जादू, कमेडी, प्यारोडी लगायतका विशेष प्रस्तुति समेत रहने कार्यक्रममा कर्णराज गिरी, भोजराज काफ्ले, रुविना श्रेष्ठ, किरण भुजेल, ध्रुर्व बिस्को, अलिशा श्रेष्ठ, भरत समिर, राजेश बर्देवा, भगवती खड्का, बलराम परियार,सुनिल थापा मगर, मनिषा थापा, विजय पुन, बेगम नेपाल, कृष्ण रेउले लगायतका गायक गायिका सहित सहित ‘मेरी बाँस्सै’ का कलाकार र ‘दि रोयल्स नेपाल’ ब्रान्डको समेत प्रस्तुति रहने रहनेछ ।
दर्शकलाई क्रिसमस डे चर्चित कलाकारसँगै मनाउने अवसर प्रदान गर्न ‘जम्काभेट सांगीतिक साँझ’ आयोजना गरिएको जम्काभेट रेष्टुरेन्टका संचालक तथा व्यवस्थापक सन्तोष तिमल्सिनाले बताए । ‘गीत संगीतको मज्जासँगै कार्यक्रममा दर्शकले कलाकारसँग पनि साक्षात्कार गर्न पाउने छन्’ तिमल्सिनाले भने ‘दर्शक र कलाकार नजिक गराउने कार्यक्रमको अर्काे उद्देश्य हो ।’
कार्यक्रममा दर्शकले फर्माइस गरेरसमेत कलाकारलाई गाउन लगाउन सक्ने तिमल्सिनाको भनाइ रहेको छ । जम्काभेट रेष्टुरेन्ट बिहीबारबाटै औपचारिक रुपमा सुरुवात हुन लागेको हो । मनोरम वातावरणमा टिपिकल्ल नेपाली खानासहित संचालनमा आउन लागेको रेष्टुरेन्टले ओपनिङ तथा क्रिसमस डेको अवसरमा विशेष छुट दिने बताएको छ ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया