यमनमा नयाँ मन्त्रीमण्डल लक्षित विष्फोट, २२ जनाको मृत्यु (भिडियोसहित)

यमनको दक्षिणी भागमा रहेको एडन सहरस्थित विमानस्थलमा भएको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । ५० भन्दा बढी घाइते भएको बताइएको छ । युद्धका कारण विभाजित यमनको हालसालै गठन भएको सरकारका सदस्यहरू सवार विमान छिमेकी साउदी अरेबियाबाट आएर अवतरण गरेको केहीबेरमै कम्तीमा एउटा विस्फोट भएको विवरण प्राप्त भएको छ ।
घटनामा हताहत हुनेमा सहायतामा जुटेकाहरूका साथै अधिकारीहरू रहेको बताइएको छ । तर त्यहाँका प्रधानमन्त्रीले आफू र मन्त्रिपरिषद् सदस्यहरू "सकुशल"रहेको बताएका छन् । सूचना मन्त्रीले हुथी विद्रोहीहरूले "कायरतापूर्ण आतङ्कवादी कार्य" गरेको आरोप लगाएका छन् ।
सन् २०१५ देखि यमन द्वन्द्वको चपेटामा परेको छ । साउदी अरेबियाले नेतृत्व गरेको अरब राष्ट्रहरूको समूहले हुथी विद्रोहीहरूलाई परास्त गर्न र राष्ट्रपति अब्दराबा मन्सुर हादीको शासन पुन: स्थापित गर्नका लागि सैन्य कारबाही सुरु गरेसँगै यमनमा समस्या देखा परेको हो ।
त्यहाँ द्वन्द्वका कारण ११०,००० भन्दा बढीले ज्यान गुमाएको बताइएको छ जसले लाखौँलाई भोकमरीको चपेटामा पारेको छ । कोभिड-१९ महामारीले यमनको अवस्था झन् कमजोर बनाइदिएको छ ।
भिडियोमा के देखिन्छ ?
भिडियो फुटेजमा यात्रीहरू उत्रिँदै गरेका बेला ठूलो विस्फोट भएको देख्न सकिन्छ । मन्त्रीहरूको स्वागतका लागि पुगेको भिड एयरपोर्ट टर्मिनलबाट बाक्लो धुवाँ निस्किएको देखे पछि भागेका थिए । त्यसको केही समयमै बन्दुक प्रहारको आवाज सुनिएको थियो । समाचार संस्था एएफपीका संवाददाताले आफूले कम्तीमा दुई वटा विस्फोट सुनेको बताएका छन् ।
अन्तर्राष्ट्रिय समन्वय सम्बन्धी मामिला हेर्ने एक जना मन्त्रीले पनि दुई पटक विस्फोटन भएको बताए । हालसम्म घटनाको कारण स्पष्ट हुन सकेको छैन ।
साउदी अरेबियाको एउटा टेलिभिजन च्यानलले प्रसारण गरेको भिडियोमा धावनमार्ग (टरम्याक)मा मिसाइल आक्रमण गरिएसँगै विस्फोट भएको देखिन्छ । अन्तर्राष्ट्रिय रेडक्रसले आफ्ना एकजना कर्मचारी मारिएको जनाएको छ ।
यमनको एउटा समाचार वेबसाइट अल-मस्दरले श्रम मन्त्रालयका उप सचिव मारिएको र दुई जना उप-मन्त्री घाइते भएको उल्लेख गरेको छ । प्रधानमन्त्री मीन अब्दुल मलिक सइद सहित मन्त्रिपरिषद् सदस्यहरूलाई आक्रमण लगत्तै सुरक्षित स्थलमा लगिएको थियो । सन् २०१९को अगस्टमा सैन्य परेडका बेला हुथि विद्रोहीहरूले गरेको आक्रमणमा ३६ जनाको मृत्यु भएको थियो । बीबीसी

जनसंख्या घटे पछि चिन्तित चीन, अब ‘पुरुष बाल हेरचाह अनुदान’ दिने

मस्कसँगको सम्बन्ध सुधार्ने इच्छा छैन : ट्रम्प

जब मस्कले ह्वाइट हाउसमा अनुमति बिना नै स्टारलिंकको वाईफाई जोडिदिए...
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_Lc2usOgK8a_wqcv9gac6mzxq3eyaduutyvpnxnfkjevwzfzy5ar7phhmx0tjdxaygmvvfgd_Z7raxoUJFh_hn7oblycfptpqc3wyekj4albllgtmjsp1ryfkczgognj0kohyjwf7emrxlay_scGAgI7pUe_sfvxvptax99qnphsvljcewgzbidf6tcopx887efijnnzdqgyvyykoydenuwn.jpg)
कोलम्बियामा राष्ट्रपतिका उम्मेदवारमाथि गोली प्रहार

गाजामा थाइ बन्धकको मृत शरीर फेला, थाइल्याण्डद्वारा दुःख व्यक्त

'अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध'

अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान

प्रतिक्रिया