बाँकेमा कोरोनाबाट थप तीनको मृत्यु

बाँके : कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप तीन जनाको मृत्यु भएको छ । बाँकेका दुई जना र बर्दियाका एक जनाको कोरोनाका कारण मृत्यु भएको हो । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका सूचना अधिकारी तेज वलीका अनुसार भेरी अस्पताल नेपालगन्जमा दुई जना र एक जनाको सैनिक अस्पताल नेपालगन्जमा मृत्यु भएको हो ।
सैनिक अस्पतालमा नेपालगन्ज उपमहानगरपालिका २० राँझाका ६६ वर्षीय पुरुषको मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि ती पुरुषको पौष ७ गते भेरी अस्पतालमा कोभिड परीक्षण गरिएको थियो । उनको पौष गते रिपोर्ट पोजिटिभ आएको कोभिड संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।
जानकारी अनुसार उनलाई त्यसै दिन सैनिक अस्पतालमा भर्ना गरेर रोगको प्रकृति अनुसार उपचार सुरु गरिएको थियो । तर विरामीको अवस्थामा सुधार नआएपछि उपचारकै क्रममा बुधबार विहान ६:३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनी सैनिक जवानका बुवा हुन् ।
यस्तै भेरी अस्पतालमा उपचारका क्रममा कोहलपुर नगरपालिका-२ का ७३ वर्षीय पुरुषको मंगलवार राती मृत्यु भएको छ । पाँच गते कोरोना पुष्टि भएका ती पुरुषको उपचारका क्रममा राती १०:२० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
कोरोना पुष्टि भएलगत्तै उनलाई नेपालगन्ज मेडिकल कलेज कोहलपुरको कोभिड आइसोलेसन वार्डमा भर्ना गरेर उपचार सुरु गरिएको थियो । तर स्वास्थ्य अवस्थामा सुधार नआएपछि उनलाई त्यहाँबाट रिफर गरेर भेरी अस्पताल पठाइएको थियो । बाँकेमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४५ पुगेको छ ।
यस्तै भेरी अस्पतालमै उपचारका क्रममा बर्दिया ठाकुरबाबा नगरपालिका-९ की ८५ वर्षीया महिलाको पनि मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि ती महिला १२ गते अस्पताल भर्ना भएकी थिइन् । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनको त्यसै दिन पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आयो ।
रोगको प्रकृति अनुसार सबै प्रकारको उपचार गर्दा गर्दै उनको गएराती १०:२५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ७७ जनाको मृत्यु भएको छ ।

पश्चिम नेपालका क्यान्सरका बिरामीलाई नजिकै उपचार सेवा

संस्कृति संरक्षण गर्न कर्मकाण्डसम्बन्धी सीप प्रदान

नेपालगञ्जमा दुई हजार दुई सय करदाता निलम्बन

घोराही कारागारमा बायोग्यास

राप्तीको नहरमा डुबेर एक युवकको मृत्यु
गाउँगाउँमा सडक कालोपत्र भएपछि स्थानीय खुसी

कुटपिटबाट घाइते गिरीको मृत्यु

प्रतिक्रिया