वैज्ञानिकहरु भन्छन्- ओमिक्रोन वेभ अन्य भेरियन्टको तुलनामा मध्यम
लन्डन- कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण ‘वेभ’ अन्य भेरियन्टको तुलनामा मध्यम स्तरको भएको बेलायतमा गरिएको पछिल्लो एक अध्ययनले जनाएको छ । यसअघि दक्षिण अफ्रिकामा गरिएको प्रारम्भिक अध्ययनमा पनि ओमिक्रोन वेभ मध्यम स्तरकै देखिएको थियो ।
ओमिक्रोनबाट संक्रमितमध्ये थोरै मात्र अस्पताल भर्ना हुने गरेको तर संक्रमण दर भने तीब्र भएको अध्ययनमा जनाइएको छ । संक्रमित बढे पनि अस्पताल भर्ना हुने संख्यामा करिब दुई तिहाइले कमी आएको पब्लिक हेल्थ स्कटल्यान्डका कोभिड–१९ निर्देशक डा. जीम म्याकमेननिनले बताए ।
बेलायतमा कोभिडबाट संक्रमित हुनेको संख्या तीव्र बढिरहेको छ । बुधबार मात्र एक लाखभन्दा बढी संक्रमित भेटिएका थिए । एजेन्सी

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया