नबिल बैंकले बोलायो साधारणसभा

काठमाडौँ- नबिल बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्न घोषणा गरेको लाभांश पारित गर्न ३० पुसमा साधारणसभा बोलाएको छ ।
बैंकले ३७ औँ वार्षिक साधारणसभा आह्वान गरेको हो । सभामा बैंकले हाल कायम चुक्ता पुँजीको ३३ दशमलव ६० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनसहित ४.४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ । साथै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, अधिकृत पुँजी १० अर्ब पुर्याउने लगायतका एजेण्डा छन् ।
सभा प्रयोजनका लागि बैंकले १६ पुसमा बुकक्लोज गर्ने भएको छ। यसर्थ, १५ पुससम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीले सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा देश व्यापीरुपमा वृहत् बृक्…

नबिल बैंकको सिइओमा मनोज कुमार ज्ञवाली नियुक्त

ज्योति विकास बैंकद्वारा घर्तिगाउँ रोल्पामा बेबी वार्मर प्रदान

ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वृक्षारो…

कामना सेवा विकास बैंक एनपिएस–नेसनल कार्ड स्विच तथा नेपाल पे कार्डमा आवद्ध

लक्ष्मी सनराइज बैंक एनपिएस–नेशनल कार्ड स्वीच तथा नेपाल पेमा आवद्ध

एनएमबि बैंकको अगुवाइमा लाप्चे तामाकोशी र चेपे जलविद्युत् आयोजनाको वित्तीय व्…

प्रतिक्रिया