अक्षय र टाइगरलाई लिएर ‘बडे मियाँ छोटे मियाँ’ बनाउँदै अली

मुम्बई - एक्सन विधाका फिल्म बनाउन माहिर अली अब्बास जफरले अक्षयकुमार र टाइगर श्राफलाई लिएर अर्को एक्सन फिल्म बनाउने घोषणा गरेका छन् । बासु भगनानीले बनाउने फिल्मको नाम ‘बडे मियाँ छोटे मियाँ’ रहने बताइएको छ ।
यही नाममा बासु भगनानीले नै सन् १९९८मा अमिताभ बच्चन र गोविन्दालाई लिएर हास्य फिल्म बनाएका थिए । नयाँ फिल्ममा भने एक्सनसँगै कमेडी पनि रहने बताइएको छ ।
टाइगर श्राफ झैँ अक्षयकुमारले पनि एक्सन विधाका फिल्मबाट करिअर सुरु गरेका थिए । पछि कमेडी विधाका फिल्ममा जमेका अक्षयले आजभोलि भने सामाजिक सन्देश भएका फिल्म बनाउँदै आएका छन् ।
‘टाइगर जिन्दा है’ निर्देशक अब्बासले अहिले यसैको तेस्रो भागको निर्देशन गरिरहेका छन् भने उनले केही समयपछि नै शाहिद कपुरलाई लिएर अर्को फिल्म बनाउने तयारी गरिरहेका छन् । यो फिल्मको काम सकिएपछि बल्ल उनले यो फिल्मको काम सुरु गर्नेछन् । फिल्ममा रहने बाँकी कलाकारको भने टुंगो लागेको छैन ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया