‘एभेन्जर एन्डगेम’ निर्देशकको सिरिजमा सामान्था

मुम्बई - हलिउडको सर्वाधिक कमाउने फिल्मको सूचीमा समावेश ‘एभेन्जर एन्डगेम’का निर्देशक रुसो ब्रदर्सले निर्माण गर्न लागेको सिरिजका लागि निर्माताले दक्षिण भारतीय स्टार सामान्थालाई अनुबन्ध गरेका छन् । अमेजन प्राइमबाट प्रसारण हुने यो फिल्मलाई ‘फेमिलीमेन’ निर्देशक राज एन्ड डीकेले निर्देशन गर्नेछन् ।
राज एन्ड डीके र सामान्थाको यो दोस्रो सहकार्य हो । दुवैले यसअघि ‘फेमिलीमेन’मा काम गरेका थिए । मनोज बाजपेयीको मुख्य भूमिका रहेको सिरिजमा सामान्थाले तमिल विद्रोहीको भूमिका निर्वाह गरेकी थिइन् । यही भूमिकाबाट उनले भर्खरै बाँडिएको फिल्मफेयर ओटीटी अवार्डमा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी थिइन् ।
यो सिरिजलाई अभिनेता बरुण धवनको ओटीटी डेब्युको रुपमा पनि हेरिएको छ ।
यही सिरिजबाट उनले ओटीटीमा डेब्यु गर्न लागेका हुन् । सिरिजमा बरुण र सामान्था दुवैले अन्तर्राष्ट्रिय जासुसको रुपमा काम गर्नेछन् । प्रशस्त एक्सन दृश्य रहने सिरिजका लागि दुवैले यसको प्रशिक्षण लिन सुरु गरिसकेको पनि बताइएको छ ।
सिरिजलाई रुसो ब्रदर्सले नै हलिउडमा निर्माण गरिरहेको ‘सिटाडेल’को रिमेकको रुपमा चर्चा गरिएको छ । तर निर्माण टिमले भने यो सिरिज रिमेक नभई त्यही सिरिजका केही चरित्रको स्पिन अफको रुपमा निर्माण हुने स्पष्टिकरण दिएको छ ।
आउँदो अप्रिल महिनामा अमेजन प्राइममा प्रसारण हुने यो सिरिजमा रिचर्ड मेडन र प्रियंका चोपडा मुख्य भूमिकामा छन् । यो सिरिज भने २०२२को अन्त्यबाट फ्लोरमा जानेछ ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया