शुक्रबार थपिए २६० संक्रमित

काठमाडौँ - नेपालमा शुक्रबार २ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ हजार ६० पिसिआर परिक्षणका क्रममा २ सय ३७ जना र ३ हजार ८ सय ३८ एन्टीजेन परिक्षणका क्रममा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रायलले जनाएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमतिको संख्या ९ लाख २३ हजार १६ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय ८२ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
त्यस्तै थप ३ सय ४९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख १० हजार २ सय ७१ जना निको भएका छन् । हाल नेपालमा ५ हजार ४८ सक्रिय संक्रमित आइशोलेशन र ९९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया