बजिमय बनिन् खोटाङ कांग्रेसको पहिलो निर्वाचित केन्द्रीय सदस्य

खोटाङ - खोटाङले नेपाली कांग्रेसको पहिलो निर्वाचित केन्द्रीय सदस्य पाएको छ । नेतृ सरस्वती बजिमयले जिल्लाबाट कांग्रेसको पहिलो निर्वाचित केन्द्रीय सदस्यको इतिहास रचेकी हुन् ।
जिल्लाबाट कांग्रेसको एकजना मनोनीत केन्द्रीय सदस्य मात्र बनेको इतिहास छ । १४औं राष्ट्रिय महाधिवेशनमा आदिवासी जनजाति (महिला) तर्फ दुई हजार ४८ मत ल्याएर बजिमय केन्द्रीय सदस्यमा विजयी भएकी हुन् । हालसम्म जिल्लाका दर्जनौं नेताले विभिन्न राष्ट्रिय महाधिवशनमा कांग्रेस केन्द्रीय सदस्य चुनिन प्रयास गरे पनि सफल हुन सकेका थिएनन् ।
बजिमय तेस्राे प्रयासमा केन्द्रीय सदस्य निर्वाचित भएकी हुन् । उनी २०६७ र २०७२ कांग्रेस केन्द्रीय सदस्यमा पराजित भएकी थिइन् । २०५७ सालमा कांग्रेसमा फुट आएकाबेला तत्कालीन नेपाली कांग्रेस प्रजातान्त्रिकका केन्द्रीय सदस्यमा मनोनीत भएका विदुरप्रसाद पौडेल २०६२ सालमा पार्टी समायोजन हुँदा पनि केन्द्रीय सदस्य नै बनाइएका थिए । पौडेल जिल्लाको पहिलो कांग्रेस मनोनीत केन्द्रिय सदस्य र बजिमय निर्वाचन प्रकृयाबाट जिल्लाको पहिलो निर्वाचित केन्द्रीय सदस्य बनेको कांग्रेस खोटाङका सभापति विष्णुकुमार राई बताउँछन् ।
२०७० सालमा समानुपातिक सांसद बनेकी बजिमय २०७४ को प्रतिनिधिसभा सदस्यमा पराजित भएकी थिइन् । २०३६ सालको जनमतसंग्रहपछि कांग्रेस निकट महिला संगठनबाट राजनिती थालेकी उनले महिला संघको जिल्ला सभापति, केन्द्रीय कोषाध्यक्ष, महिला विभागको केन्द्रीय सदस्य, महासमिति सदस्यलगायतका भूमीका निर्वाह गरिसकेकी छन् । २१ फागुन २०१३ मा ओखलढुंगा बजारमा जन्मिएकी बजिमयको स्थायी बसोबास दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलमा छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया