बंगलादेशसँग सजिलै हार्याे नेपाल

काठमाडौँ- एसीसी अन्डर–१९ एसिया कपको आफ्नो पहिलो खेलमा नेपाली युवा क्रिकेट टिमले बंगलादेशसँग १५४ रनको पराजय भोगेको छ । बंगलादेशले दिएको २९८ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १४३ रनमै अलआउट भयो । संयुक्त अरब इमिरेट्स (यूएई)को सारजाहमा भएको खेलमा पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा चार विकेट गुमाएर २९७ को योगफल तयार पारेको थियो । जवाफी ब्याटिङ गरेको नेपालले ४२.३ ओभरमा सबै विकेट गुमायो ।
नेपालका लागि गुलशन झाले सर्वाधिक ३५ रन बनाए । तान्जिम हसन शकिबको बलमा रनआउट हुनुअघि २८ बल सामना गरेका गुलशनले चार चौका र एक छक्का प्रहार गरे । उनीपछि धेरै रन जोड्ने खेलाडी बने, विवेक मगर । उनको नाममा ३३ रन रह्यो । मध्यक्रमका विवेक यादवले २६ रनको योगदान गरे । यी तीनबाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन बिर्सनलायकको रह्यो ।
ओपनरसमेत रहेका कप्तान देव खनालले २४ बलमा १२ रन बनाए भने अर्का ओपनर अर्जुन कुमाल पाँच रनमा आउट भए । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका सन्तोष कार्कीको नामम तीन रहँदा बसिर अहमदले आठ रन जोडे ।
बंगलादेशका चार खेलाडीले दुई–दुई विकेट लिए । तान्जिम हसन सकिब, राकिबुल हसन, एसएम मेहेरोब र नइमुर रोहमानले नेपालका दुई–दुई खेलाडीलाई पभेलियन फर्काए । पराजित नेपाली टिमका लागि गुलशन, तिलक भण्डारी र मोहम्मद आदिल अलामले एक–एक विकेट हात पारे ।
उमेर समूहको एसिया कपमा कुल आठ टिम सहभागी छन् । नेपाल रहेको समूह 'बी' मा बगलादेश शीर्षस्थानमा छ । बंगलादेश जस्तै एक जित हासिल गरेको श्रीलंका दोस्रो स्थानमा छ । यो समूहमा नेपालसँगै कुवेत जितविहीन छ ।
समूह ए मा भने भारत र पाकिस्तानले एक–एक जित दर्ता गरेका छन् । यो समूहमा रहेका अरु दुई टिम अफगानिस्तान र आयोजक यूएई हुन् । अफगानिस्तान आफ्नो पहिलो खेलमा पाकिस्तानसँग हा¥यो भने प्रतियोगिताको उद्घाटन खेलमा भारतले यूएईलाई पराजित गरेको थियो ।

नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट काठमाडौँमा हुँदै

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_CqkiCw9aOE_k7tb0aryrhxllifsd3ujo5svvzzexgmzynoklykafoh3lqghzobfvmlmafuf.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

प्रतिक्रिया