शुक्रबार २० असार, २०८२
Friday, July 04, 2025

भारत भ्रमणमा जाँदै प्रधानमन्त्री देउवा

फाइल फोटो

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने भएका छन् । यसै महिनाको अन्तिममा प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाने तयारी गरेका हुन् । गुजरातको गान्धीनगरमा आयोजना हुन लागको दशौँ भाइब्रेन्ट गुजरात ग्लोबल समीटमा सहभागी हुन प्रधानमन्त्री देउवा भारत भ्रमणमा जान लागेका हुन् । 

प्रधानमन्त्री देउवा पुस २५ गते भारतका लागि प्रस्थान गर्ने तयारी छ । बालुवाटार स्रोतका अनुसार देउवाको भारत भ्रमणका लागि परराष्ट्र मन्त्रालयले तयारी गरिरहेको छ ।