सुरक्षाको माग गर्दै लुम्बिनी प्रादेशिक अस्पतालका चिकित्सकहरू धर्नामा

बुटवल : बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले अस्पतालमा धर्ना दिएका छन् । अस्पतालको आकस्मिक विभागमा कार्यरत चिकित्सक तथा कर्मचारीमाथि बिरामीका कुरुवाले हातपात गरेको भन्दै उनीहरू धर्नामा उत्रिएका हुन् ।
गत पुष १० गते राति ११ बजे बिरामीको उपचारको क्रममा माधक पदार्थ सेवन गरेका बिरामीका कुरुवा अनुराग रसाईलीले ड्यूटीमा रहेका १ जना चिकित्सकलाई हातपात गरेको र ३ जना स्वास्थ्यकर्मीलाई अपशब्द बोलेको डा.राजेन्द्रबहादुर क्षेत्रीले दाबी गरे । बिरामीको अवस्था जटिल रहेको कुरुवालाई जानकारी दिँदा डाक्टरमाथि हातपात भएको क्षेत्रीको भनाइ छ ।
डाक्टरलाई हातपात गर्ने कुरुवालाई कारबाहीको माग राख्दै अस्पताल प्रशासनमा गएको र प्रशासनले प्रहरीमा उजुरी दिए पनि कारबाही प्रक्रियाअघि नबढ्दा आफूहरू बाध्य भएर आन्दोलित हुनु परेको उनले बताए । चिकित्सकमाथि हुने दुर्व्यवहार तथा कुटपिट आफूहरूलाई मान्य नभएको र हातपात गर्नेमाथि कानूनी कारबाही हुनु पर्ने डाक्टरले माग राखेका छन् । अस्पतालमा आएका बिरामीलाई सञ्चो बनाउने स्वास्थ्यकर्मीको लक्ष्य हुने र कुरुवा संवेदनशिल नबन्दा स्वास्थ्यकर्मी , डाक्टरमाथि हुने अपमान, हातपातबिरुद्ध आफूहरूले धर्ना दिएको स्वास्थ्यकर्मी राजेन्द्र राईले बताए ।
डाक्टरमाथि हातपात गर्ने कुरुवालाई कानूनी कारबाही नहुँदासम्म धर्ना जारी रहने उनको भनाइ छ । बिहीबार पहिलो दिन आकस्मिक विभागमा काम गर्ने डाक्टर कर्मचारीगरी ५० जनाले धर्ना दिएका छन् । मागप्रति सुनुवाइ नभए आन्दोलन र दवाव कार्यक्रमलाई बढाउदै लैजाने चिकित्सकहरूले बताएका छन् । उता ईलाका प्रहरी कार्यालयले भने घटनाको विस्कृत अध्यययन हुन बाँकी रहेको जानकारी दिएको छ । ईलाका प्रहरी कार्यालयका डिएसपी प्रितमसिंह राठौरले आवश्यक कारवाहीका लागि भनेर अस्पतालको पत्र आए पनि त्यसवाहेक विस्तृत विवरण भने नआएको बताए । उनले पीडित पक्षलाई बोलाएको र आएपछि थपकुरा अघि बढ्ने बताए । प्रहरीले मिलापत्रमा जोड दिएको स्वाथ्यकर्मीहरूको आरोप रहेको छ ।

परम्परा धान्न पञ्चैबाजा बजाउँछन् पाल्पाका महिला

संस्कृति संरक्षण गर्न मादल बजाउने तालिम

गाउँपालिकाको नामकरण गरिएको ताल नै संकटमा

पूर्वाधार विकासले सुगम बन्दै सोनारी क्षेत्र

किसानलाई अनुदानमा धानको बीउ वितरण

माछा मारेर गर्जो टार्नेहरू समस्यामा

फोहोरबाट टायल, इन्टरलकलगायत सामग्री उत्पादन

प्रतिक्रिया