कांग्रेस प्रदेश २ उपसभापतिमा सिंह र यादव विजयी, महामन्त्रीमा विवाद

जनकपुरधाम - नेपाली कांग्रेस प्रदेश २ को उपसभापतिमा संस्थापन पक्षका विरेन्द्र सिंह र चन्द्रशेखर यादव विजयी भएका छन् । महामन्त्री पदमा विवाद भएकाे कारण अहिले मत परिणाम सार्वजनिक हुन सकेकाे छैन ।
महामन्त्री पदमा अगाडि देखिएका कोइराला समूहका नरेश यादवलाई अन्तिम परिणामका बेला पछि पारिएको भन्दै कोइराला समुहका नेता कार्यकर्ताहरु मतगणना स्थल पुगेर होहल्ला गर्न थालेपछि विवादको स्थिती सिर्जना भएको छ ।
मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । महामन्त्रीको पदमा उपेन्द्र कुमार यादव विजयी भएकाे भनिए पनि नरेश यादव र बृहस्पति कृष्ण श्रेष्ठको मत परिणाम बाझिएकाे छ ।
सहमहामन्त्री खुल्ला तर्फ दुई सिटका लागि भएको मतदानमा जय नारायण प्रसाद यादव र परशुराम चौधरी विजयी भएका छन् भने सहमहामन्त्री महिला तर्फ बिन्दु कुमारी यादव विजयी भएकी छन् । विजयी भएकाे औपचारिक घोषणा हुन भने बाँकी रहेकाे छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया