राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समिति सकियो, यस्तो छ भोलिको कार्यसूची

काठमाडौं : राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सकिएको छ । बिहीबार बिहान बसेको बैठकले राष्ट्रिय सभा हिउँदे अधिवेशनको पहिलो बैठकको कार्यसूची तय गरेको हो ।
शुक्रबार दिउँसो ४ बजे आह्वान भएको बैठकको लागि तय भएको कार्यसूचीका यस्तो छ :
१. अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको पत्र
२. मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र
३. अध्यादेशहरु
४. राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यूबाट जारी भएको समिति गठन सम्बन्धी आदेश, २०७७
५. थारु आयोग, मधेशी आयोग, राष्ट्रिय सुरक्षा परिषद्, राज्यका निर्देशक सिद्धान्त नीति र दायित्व सम्बन्धी संवैधानिक आयोगका प्रतिवेदनहरु
६. राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको प्रतिवेदन
अधिवेशनको पहिलो बैठक भएकाले राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरुको तर्फबाट दलका नेताहरुको अधिवेशन उद्घाटन मन्तव्य व्यक्त हुनेछ । छैटौं अधिवेशनपछि हालसम्म निधन हुनुभएका संघीय संसदका सदस्य तथा पूर्वसांसदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्तावसमेत पारित गरिनेछ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको अर्को सूचना जारी नभएसम्मका लागि बैठ…

बिधेयकका अवस्थाका बारेमा बुझ्न संसदीय समितिका सभापतिसँग सभामुखले छलफल गर्दै

सुनवाइ र राज्यव्यवस्था सहित ४ समितिको बैठक बस्दैँ

संसदीय अभ्यासमा सुधारको आवश्यकता छः उपसभामुख राना

संसद्लाई जनमुखी बनाउन आवश्यकः अध्यक्ष दाहाल

संसद्मा सहभागी दललाई सहकार्यमार्फत अगाडि बढ्न आह्वान गर्छुः सभामुख घिमिरे

सङ्घीय निजामती सेवा विधेयक, २०८० बहुमतले पारित

प्रतिक्रिया