‘उही बाटो’मा सुधीर र स्मारिका

काठमाडौं - गायक टिकाराम कट्टेल र गायिका अञ्जु पन्तको स्वर रहेको गीत ‘उही बाटो’को भिडियो सार्वजनिक भएको छ । गीतमा रवी मल्लको शब्द, अर्जुन पोखरेलको संगीत, फणिन्द्र राईको एरेञ्ज र सुमन खड्काको मिक्सिङ तथा मास्टरिङ छ ।
विधान कार्की निर्देशित भिडियोमा सुधीर श्रेष्ठ र स्मारिका ढकालको अभिनय छ । भिडियोमा नविना थापाको विशेष अभिनय छ । हिमालय दृश्य रिसोर्ट धुलिखेलमा छायांकन गरिएको भिडियोमा नवराज उप्रेतीको छायांकन, विकास दाहालको सम्पादन, मनीषा पोखरेलको कला निर्देशन, माधव शर्माको सहायक निर्देशन छ ।
भिडियोका निर्माता गायक टिकाराम कट्टेल नै हुन् । भिडियो द डिभाइन म्युजिकबाट सार्वजनिक गरिएको हो ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया