उमेश रेग्मी र संजीवनीको 'प्रिय तिम्रो तस्बिर' सार्वजनिक

धरान - गीतकार तथा संगीतकार उमेश रेग्मीले भारतीय गायिका संजीवनीको आवाजमा रहेको नयाँ गीत 'प्रिय तिम्रो तस्बिर कोर्न लाग्छ'आफ्नो युट्युब च्यानल गोत्र इन्टरटेनमेन्टमार्फत सार्वजनिक गरेका छन्।
पुरानो हुँदैन माया ,डाँडा पाखा छहाराले ,पानी मिठो मेरो हजुर जस्तो सदाबहार नेपाली गीतकी गायिका संजीवनीको नयाँ नेपाली गीत लामो समयको अन्तरालमा सार्वजनिक भएको हो। गीतकार तथा संगीतकार उमेश रेग्मीको भावलाई गायिका संजीवनीले आफ्नो आवाजको जादुले अझ कर्णप्रिय बनाईदिएकी छिन्। उनको पुरानो गीतहरु झैँ यो गीत पनि युगौयुगसम्म सुनिने गीतहरुको श्रेणीमा पुगेको छ।
देबेन्द्र नेवाको संगीत संयोजन रहेको गीतकार तथा संगीतकार उमेश रेग्मीको यो गीत उनको उत्कृष्ट सृजना बन्न पुगेको छ। म्युजिक भिडियो सहित सार्वजनिक गरिएको गीतको भिडियोको निर्देशन सोनम पाख्रिन, छायाँकन बुद्ध थापा , सम्पादन सुशील न्यौपानेले गरेका छन् भने स्मृति श्रेष्ठ र कमल सिंहको अभिनय भिडियोमा हेर्न सकिन्छ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया