सुदूरपश्चिमलाई पराजित गर्दै प्रदेश १ फाइनलमा

काठमाडौँ- प्रदेश १ प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई नौ विकेटले पराजित गर्दै प्रदेश १ ले उपाधि भिडन्तमा आफ्नो स्थान पक्का गरेको हो । प्रदेश १ ले अब फाइनलमा एपीएफ र लुम्बिनी प्रदेशबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनल पनि शनिबार नै हुँदैछ।
धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको खेलमा टस जितेको सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८५ रन बनाएको थियो । प्रदेश १ ले १६.५ ओभरमा एक विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।
विजयी टिमका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३१ रन बनाइन् । अविजित रहेकी उनले ४४ बल सामना गर्दा चार चौका प्रहार गरेकी थिइन् । उनीसँगै ओपनिङ गरेकी कमजल श्रेष्ठको नाममा २८ रन रह्यो । तेस्रो नम्बरमा ब्याटिङ गरेकी अप्सरी बेमगले नटआउट नौ रन जोडिन् । सुदूरपश्चिमका लागि एक मात्र विकेट कविता जोशीले लिइन् ।
त्यसअघि सुदूरपश्चिमले खराब सुुरुवात गरेको थियो । उसका ओपनरद्वय रेवती धामी र रुबी पोदार क्रमशः सात र एक रनमा पभेलियन फर्किएका थिए । त्यसपछिका दुई ब्याट्सवुमन बिन्दु रावल र कविता जोशी पनि चल्न सकेनन् । बिन्दुले रनको खाता खोल्न सकिनन् भने कविताको नाममा एक रन रह्यो ।
सुदूरपश्चिमको मध्यक्रमले इनिङ समल्ने प्रयास ग¥यो । त्यस दौरान कप्तान रितु कनौजियाले २५ रन बनाइन् । यसैगरी सम्झना खड्काले २७ रन जोडिन् । यी दुईबाहेक दोहोरो अंक बनाएकी डोली भट्टको नाममा १२ रन रह्यो । बलिङतर्फ प्रदेश १ का लागि ज्योती दनवार, अलिशा खडिया, रुविना क्षेत्री र संगिता राईले एक–एक विकेट लिए ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_1kRTXHuHfw_4lj21vzzpdllzd7atqz8ivzs6fxgn4onyieg9byibska9xhoc4r9dwwxw2nn.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया