‘भीम रावलले नेकपाको ३० लाख गायब पारे’

धनगढी : नेकपा सुदूरपश्चिमको बैँक खातामा रहेको ३० लाख रुपैयाँ दाहाल–नेपाल समूहका नेता डा. भीम रावलले गायब पारेको आरोप लागेको छ । नेकपा सुदूरपश्चिमका अध्यक्ष कर्णबहादुर थापाले रावलले ३० लाख गायब पारेको आरोप लगाएका हुन् ।
‘नेकपालाई विभाजन गर्न १९ पृष्ठको लिखत तयार पार्न मुख्य भूमिका खेलेका रावललाई पार्टी विभाजन किन चाहिएको रहेछ भन्ने कुरा सुदूरपश्चिम प्रदेश कमिटीको नाममा रहेको ३० लाख गायब पारेपछि स्पष्ट भएको छ ।’ थापाले सामाजिक सन्जाल फेसबुकमा लेखेका छन् ।
पार्टीको बैक खाता अध्यक्षको हैसियतले आफ्नो, कार्यालय सचिव दिनेशचन्द्र सुवेदी र सचिव नेपबहादुर चौधरीको नाममा रहेको बताउँदै उनले पार्टी फूटको तहमा पुगेपछि सुवेदी र चौधरीलाई पार्टी सम्पत्ति साझा भएको र बैकबाट पैसा निकाल्नको लागि हस्ताक्षरको दुरुपयोग नगर्नु भनेको बताए ।
थापाले अगाडि भने, ‘पार्टी कार्यालयमा तालाबन्दी भएका कारणले कृषि विकास बैंक धनगढीका मेनेजरलाई पार्टीको नामबाट चेक आएमा पैसा नदिनु होला भनेर पनि भनेको थिएँ । तर डा. भीम रावलको दबाबमा पार्टीको ३० लाख गायब पारिएको छ ।’
३० लाख गायब पारिनुलाई अपराधिक मानसिकताको उपजको रुपमा लिएको थापाले बताए । यता नेकपा सुदूरपश्चिमका इन्चार्ज भीम रावलले भने पार्टी अध्यक्ष, सचिव र कार्यालय सचिवको नामबाट खाता सञ्चालन भएकोले त्यस्मा आफ्नो कुनै संग्लनता नरहेको बताए । नेकपा विभाजन भएपछि सुदूरपश्चिममा पार्टी कार्यालयसमेत कब्जा गर्न थालिएको छ । धनगढीमा रहेको पार्टीको जिल्ला कार्यालय र प्रदेश कार्यालय दाहाल–नेपाल समूहले कब्जा गरेको थियो ।

समावेशी शिक्षण विधि अपनाएपछि...
थारु समुदायको मौलिक पर्व ‘गुरही’ आज मनाइँदै

थारु समुदायको मौलिक पहिचान छतरी हराउँदै

खडेरीले रोपेको धान सुक्न थाल्यो

‘डिडिसीले गत मङ्सिरदेखि सङ्कलन गरेको दूधको भुक्तानी किसानलाई गर्न सकेन’

बाजुरा जीप दुर्घटना अपडेटः मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

जीप दुर्घटनामा दुई जनाको मृत्यु

प्रतिक्रिया