‘राधा’ बनेकी सन्नी लियोनी हटाउन मथुराका पूजारीको माग

मुम्बई - दुई दिनअघि सार्वजनिक भएको सन्नी लियोनी गीत युट्युबबाट हटाउन मथुराका पूजारीले दबाब दिएका छन् । सन्नी लियोनी नाचेको ‘मधुवन’बोलको गीतले धार्मिक आस्थामा आँच पुर्याएको भन्दै मथुराका पूजारीहरूले म्युजिक कम्पनी तथा गायिकालाई दबाब दिएका हुन् । गीतमा सन्नीले उत्तेजक नृत्य गरेको उनीहरूको आरोप छ ।
यो गीत सन् १९६० मा प्रदर्शन भएको फिल्म ‘कोहिनूर’मा समावेश थियो । मोहम्मद रफीले गाएको गीतलाई यतिबेला भने कनिका कपुरलाई फिमेल भर्सनमा गाएकी हुन् । पूजारीहरूले गीत सार्वजनिक प्लेटफर्मबाट नहटाए अदालत जाने चेतावनी दिएका छन् ।
‘ यदि सरकारले यो गीतविरुद्ध कारबाही नगरे हामी अदालत जान्छौँ । त्यति मात्र होइन हामी कलाकार र एल्बमलाई पनि निषेध गर्छौँ,’ पीटीआईलाई उद्धृत गर्दै लेखिएको समाचारमा भनिएको छ ।
सन्नीले गीत प्लेटफर्मबाट निकाल्नुपर्ने र माफी माग्नुपर्ने पनि उनीहरू सर्त छ । ‘अन्यथा हामी सन्नीलाई भारतमा नै बस्न दिन्नौँ ,’पूजारी नवल गिरी महाराजा बृन्दावनले भनेका छन् । राधा र बृजको छविलाई धुमिल पार्ने गरी सन्नीले नृत्य गरेका भन्दै अखिल भारतीय तीर्थ पुरोहित महासभाका अध्यक्ष महेश पाठकले पनि गीत हटाउनु पर्ने माग गरेका छन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया