कांग्रेसको नयाँ नेतृत्वको पहिलो केन्द्रीय समितिको बैठक सुरु

काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको छ । आजको बैठकमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरु सहभागी छन् । नवनिर्वाचित नेतृत्वलाई निर्वाचन समितिले आज शनिबार नै प्रमाणपत्र प्रदान गरेको छ ।
प्रमाणपत्र वितरणपछि केन्द्रीय समितिको बैठक सुरु भएको हो । कांग्रेसमा १३ पदाधिकारीसहित १३४ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएर बनेको छ । त्यस्तै निर्वाचित एक केन्द्रीय सदस्यलाई सभापतिले कोषाध्यक्ष बनाउने वैधानिक प्रावधान छ । त्यस्तै ३३ जना सदस्य मनोनीत पनि सभापतिले गर्ने व्यवस्था छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया