सभापतिमा पराजित शेखरको वरीयता २०औँ नम्बरमा
गिरिजा र सुशीलसँग पराजित हुँदा देउवालाई दोस्रो वरीयतामा राखिएको थियो

काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिमा पराजित डा.शेखर कोइरालालाई सभापति शेरबहादुर देउवाले पार्टीको वरीयतामा २०औँ नम्बरमा राखेका छन् । यसअघिको महाधिवेशनमा भने सभापतिमा पराजित उम्मेदवारलाई दोस्रो/तेस्रो वरीयतामा राख्ने गरेको पाइएको छ । कांग्रेसको १०औँ महाधिवेशनमा गिरिजाप्रसाद कोइरालाले सभापतिमा पराजित देउवालाई तेस्रो वरीयतामा राखेका थिए ।
पार्टी विभाजनपछि भएको ११औँ महाधिवेशनमा पराजित देउवालाई दोस्रो वरीयतामा राखिएको थियो । १२औँ महाधिवेशनमा सुशील कोइरालासँग पराजित हुँदा पनि उनलाई दोस्रो वरीयतामै राखिएको थियो ।
१३औँ महाधिवेशनमा सभापतिमा पराजित वरिष्ठ नेता रामचन्द्र पौडेललाई उनै देउवाले दोस्रो वरीयतामा राखेका थिए । तर, शेखर १३औँ महाधिवेशनमा सबैभन्दा धेरै लोकप्रिय मत ल्याउने उम्मेदवार हुन् । उनलाई देउवाले पार्टीको वरीयतामा ३६औँ नम्बरमा राखेका थिए ।
शेखरनिकट एक नेता वरिष्ठ नेता पौडेललाई दोस्रो नम्बरमा राखे पनि तेस्रोमा शेखरलाई राख्नुपर्ने बताउँछन् । सभापतिमा ४० प्रतिशत मत ल्याएका शेखरलाई देउवाले वर्तमान पदाधिकारी र पूर्वपदाधिकारी भन्दा पनि पछिको वरीयतामा राखेका हुन् । यसपटक देउवाले शेखरलाई पेलेरै अघि बढ्ने संकेत दिएर २०औं नम्बरमा राखेको पाइन्छ ।

सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री राणा

पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीबारे के भन्छ परराष्ट्र मन्त्रालय ?

विद्युत् प्राधिकरणको डिडिए गराउँछौँः मन्त्री खड्का

नीति तथा कार्यक्रम माथिको छलफल कर्मकाण्डी : कार्यवाहक सभापति अर्याल

राजावादीप्रति गोकुल बास्कोटाको कटाक्षः तासका बुकका राजा–रानी खोजेर जिन्दगी ग…

राजेन्द्र लिङ्देनको प्रस्ताव : प्रदेश संरचना खारेज गरी सबै अटाउने मौलिक व्यवस्थ…

नीति तथा कार्यक्रममाथिको छलफल, समयको बर्बादीः सांसद शर्मा
_Uu8QtcRUq5_c5daxua7u2lthwakquzw3byjzu0mmnnuolmwi1wxj5eobtgmwpookpmewejd_bZg3zps99X_ku1zdz251kct7g8twuchhxerrh9punnvr3odnezcebitsrk3yai5nyt0kvib.jpg)
प्रतिक्रिया