१ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं - नेपालमा शनिबार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ४ हजार २ सय ८३ पिसिआर परिक्षणका क्रममा १ सय ५७ जना र २ हजार १ सय ६४ एन्टीजेन परिक्षणका क्रममा १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण ११ हजार ५ सय ८३ जनाको मृत्यु भएको छ ।
त्यस्तै थप २ सय २६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख १० हजार ४ सय ९७ संक्रमित निको भएका छन् । हाल नेपालमा ४ हजार ९ सय ७८ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया