प्रधानमन्त्री कपको उपाधि एपीएफलाई

काठमाडौँ- विभागीय टिम एपीएफ प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । आइतबार भएको फाइनलमा प्रदेश १ लाई सात विकेटले पराजित गर्दै एपीएफले उपाधि जितेको हो । च्याम्पियन बनेसँगै एपीएफले पाँच लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्यो । उपविजेता प्रदेश १ लाई भने तीन लाख रुपैयाँ दिइयो ।
धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको खेलमा प्रदेश १ ले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ६७ रन बनाएको थियो । प्रदेश १ ले दिएको लक्ष्य एपीएफले तीन विकेट गुमाएर १४.२ ओभरमै पूरा ग¥यो ।
एपीएफको जितमा ज्योति पाण्डेले सर्वाधिक ३६ रनको योगदान गरिन् । विकेटकिपर समेत रहेकी ज्योतिले ३९ बल सामना गर्दा ६ चौका प्रहार गरिन् । उनीबाहेक उल्लेख्य योगदान गर्ने अर्की ब्याट्सवुमन थिइन्, ममता चौधरी । अविजित रहँदै उनले १९ रन बनाइन् ।
त्यसअघि प्रदेश १ को सुरुवात सकारात्मक रहेन । उसले ओपनर काजल श्रेष्ठलाई चार रनमै गुमाएको थियो । तर अर्की ओपनर रुविना क्षेत्रीले भने ३४ रन बनाइन् । रुविनाले टिकेर खेले पनि अन्य व्याट्सवुमनको साथ भने पाइनन् ।
पराजित टिमका लागि रुविना र अप्सरी बेगम (११) बाहेक कसैले पनि दोहोरो अंक जोड्न सकेनन् । बलिङतर्फ पनि रुविनाको प्रदर्शन तारिफयोग्य रह्यो । उनले १० रन खर्चेर तीन विकेट हात पारिन् । तर उनको प्रदर्शनले प्रदेश १ लाई पराजयबाट रोक्न सकेन ।
च्याम्पियन एपीएफका लागि सिता राना मगरको बलिङ निर्णायक सावित भयो । उनले प्रदेश १ की कप्तान रुविनाको विकेट लिइन् । अनि सवनम राई (३) र संगिता राई पनि उनकै बलिङको शिकार बने । एपीएफका लागि रेखा रावलले पनि धारिलो बलिङ गरिन् । उनले ११ रन खर्चेर दुई विकेट लिएकी थिइन् । यसैगरी करुण भण्डारीको नाममा एक विकेट रह्यो ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_1kRTXHuHfw_4lj21vzzpdllzd7atqz8ivzs6fxgn4onyieg9byibska9xhoc4r9dwwxw2nn.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया