कैलालीका कक्षा १० मा पढ्ने चार विद्यार्थीले बनाए कार

कैलाली- धनगढीमा रहेको एक्सिस विद्याश्रको कक्षा १० मा अध्ययनरत ४ जना विद्यार्थीको सार टीमले ‘अल्फा’ नामक कार निर्माण गरेर प्रदर्शन गरेका छन ।
दोस्रो चरणको कोरोना महामारीको अवधिमा लागू भएको निषेधाज्ञाको समयमा १६ बर्ष मुनिका विद्यार्थीले ४ महिना लगाएर चार चक्के इलेक्ट्रिक कारको निर्माण गरेका हुन्।
कार निर्माण गर्ने ४ जना किशोर ऋषिकेश थापा, रोहीत ऐर, आदित्य जोशी र सक्षम रेग्मीले एकलाख पचास हजारको लागतमा विद्युतबाट सञ्चालन हुने कार निर्माण गरेका हुन्।
स्थानीय स्तरमै पाइने विभिन्न सामग्रीहरु जुटाएर आफ्नै परिश्रमबाट गाडी निर्माण गरेको ऋषिकेश थापाले बताए। उनले लकडाउनको बेलामा चारजना साथीहरु मिलेर योजना बनाएर उक्त कार निर्माण गरेको बताए । उनीहरुले यसमा विद्यालय र घरपरिवारको पूर्ण सहयोग रहेको समेत बताए ।
चार जना किशोरले आफ्नै हातबाट निर्माण गरेको अल्फा नामक कारलाई आइतबार सार्वजनिक गरेका छन् । उनीहरुले अहिले सार्वजनिक गरिएको कारले ७ क्विन्टल सम्म भारी बोक्न सक्ने बताए ।

हाल ४५ बिलियनको चिपको व्यापार २०२८ सम्म ५०० बिलियन पुग्ने

भारतले आइफोन बनाए पनि चीनबाट १० प्रतिशत मात्र निकाल्न ८ वर्ष लाग्ने

एक डाक्टरको भविष्यवाणी- सन् २०५० पछि मानिस कहिल्यै मर्दैनन्

ट्रम्पको कर नीति : भारतबाट अमेरिकामा आइफोन निर्यात ७६ प्रतिशतले बढ्यो

ट्रम्प प्रशासन छाडे लगत्तै मस्कले गरे टेलिग्रामसँग ३०० मिलियनको सम्झौता

माइक्रोसफ्टले यस वर्ष ६ हजार कर्मचारी कटौती गर्ने

गुगलको जेमिनी एआई आइफोनमा आउने पक्का

प्रतिक्रिया