शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

महाधिवेशन उद्‌घाटन गर्न दाहाल पुगे प्रज्ञा भवन

फाइल फाेटाे

काठमाडौँ - नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल पार्टीको आठौं महाधिवेशनस्थल प्रज्ञा भवन कमलादी पुगेका छन् ।

आइतबार दिउँसो १ बजे पूर्वनिर्धारित कार्यक्रमलाई अपरान्ह ३ बजे पुर्‍याएपछि अध्यक्ष दाहाल कमलादी पुगेका हुन् । 

शनिबार बसेको स्थायी कमिटी बैठकले प्रथम राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गराउने  निर्णयलाई आइतबार बसेको केन्द्रीय समितिले अनुमोदनपछि समय लम्बिएको हो । 

उद्घाटन कार्यक्रममा विभिन्न पार्टीका शीर्ष नेताले सम्बोधन गर्नेछन् ।