डेस्कटपबाट पनि टिकटकमा लाइभ गर्न मिल्ने

काठमाडौँ - टिकटकले प्रयोगकर्तालाई डेस्कटपबाट समेत लाइभ गर्न मिल्ने सुविधा प्रदान गर्ने भएको छ । यसअघि छोटो भिडियोको लागि लोकप्रिय प्लेटफर्म टिकटकमा मोबाइल एप मार्फत मात्रै लाइभ गर्न मिल्ने सुविधा रहेको थियो ।
टिकटकले कम्प्युटरबाट पनि लाइभ बस्न मिल्ने गरी नयाँ फिचरको परीक्षण गरिरहेको छ । कम्पनीले विण्डोजमा सपोर्ट गर्ने एप ‘टिकटक लाइभ स्टुडियो’ को परीक्षण गरिरहेको जनाएको छ ।जसको सहायतामा प्रयोगकर्ताले कम्प्युटरबाटै टिकटक अकाउन्टमार्फत लाइभ बस्न सक्नेछन् । हाल यो सुविधा सीमित प्रयोगकर्तामाझ यो फिचर परीक्षण भइरहेको र चाँडै नै सबै प्रयोगकर्ताको लागि उपलब्ध हुने टिकटकले जनाएको छ
मोबाइलमा जस्तै डेस्कटपबाट गरिने लाइभमा पनि प्रयोगकर्ताले गिफ्ट फिचर, कमेन्ट बक्स र कि–वर्ड फिल्टर आफ्नो इच्छाअनुसार अन वा अफ गर्न मिल्ने बताइएको छ ।
सुनचाँदी व्यवसायी आन्दोलनमा

वीरगञ्ज भन्सारद्वारा ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

आजदेखि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

नेप्सेमा झिनो अङ्कको सुधार,११ अर्ब बढीको कारोबार

एघार महिनामा ४० प्रतिशत विकास खर्च

प्रतिक्रिया