एमसीसी राष्ट्रघाती हाेइन : प्रधानमन्त्री देउवा
काठमाडाैं - प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी राष्ट्रघाती नभएको बताएका छन् ।
नेकपा माओवादी केन्द्रको ८ औं महाधिवशेनको उद्घाटन समारोहमा बोल्दै कांग्रेस सभापति समेत रहेका देउवाले एमसीसी राष्ट्रघाती भन्नेलाई एकपटक पढ्न सुझाव पनि दिए ।
आफू पनि राष्ट्रवादी भएको भन्दै राष्ट्रघाती काम गर्न आफुलाई आवश्यक नरहेको उनको भनाइ छ । उनले एमसीसीलाई अघि बढाउनका लागि छलफल भइरहेको पनि बताए ।
उनले सत्ता गठबन्धन कुनै दलको विरोध गर्नका लागि नभएको जिकिर गरे । देउवाले संसद बचाउँदै यसलाई पहिल्यैकाे अवस्थामा चलाउन गठबन्धन गरिएकाे बताए । उनले अब संसदलाई कसैले भंग गर्न नसक्ने उल्लेख गरे । उनले गठबन्धनलाई चुनावपछि पनि निरन्तरता दिन तयार रहेको बताए ।
देउवाले शान्ति प्रक्रिया र संविधानसभाको चुनावमा प्रचण्डको भूमिका निकै महत्वपूर्ण रहेको बताए । समावेशी समानुपातिक आधार रहेको नेपालको संविधान बनाउनका लागि पनि प्रचण्डको भूमिका रहेको बताए।

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

प्रतिक्रिया