एसिया कपमा नेपालको दोस्रो हार

काठमाडौँ- एसीसी अन्डर–१९ एसिया कपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा आइतबार नेपाल श्रीलंकासँग ६० रनले हारेको हो । पहिलो खेलमा नेपाललाई बंगलादेशले १५४ रनले पराजित गरेको थियो । यो नतिजासँगै नेपाल एसिया कपको समूह चरणबाटै बाहिरिएको छ ।
सारजाह क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा चार विकेट गुमाउँदै ३२२ रनको विशाल योगफल तयार पारेको थियो । जवाफी ब्याटिङ गरेको नेपाली टिम भने ४७.५ ओभरमा २६२ रन बनाएर अलआउट भयो ।
नेपालका लागि अर्जुन साउदले सर्वाधिक ६४ रन बनाए भने अन्य दुई ब्याट्सम्यान पनि अर्धशतकको नजिक पुगेका थिए । विकेटकिपर तथा ब्याट्सम्यान अर्जुनले ८० बल सामना गर्दा दुई छक्का र तीन चौका प्रहार गरे । मध्यक्रमका विवेक यादव र बसिर एहमदको नाममा क्रमशः ४६ र ४३ रन रह्यो । विवेकले तीन–तीन छक्का र चौका प्रहार गरे । बसिरको नाममा दुई छक्का र तीन चौका रह्यो ।
बलियो श्रीलंकाविरुद्ध नेपालले सन्तोषजनक सुरुवात गरेको थियो । यसका लागि ओपनरद्वय सन्तोष कार्की र कप्तान देव खनालले पहिलो विकेटका लागि ५९ रनको साझेदारी गरेका थिए । सन्तोषले ३४ रन बनाए भने देवले २८ रनको योगदान गरे । यी दुईपछि अर्जुनले नेपाली इनिङ सम्हाल्ने प्रयास गरेका थिए ।
त्यसअघि श्रीलंकाका दुई ब्याट्सम्यानले शतक बनाए । ओपनर चामिन्दु विक्रमसिंघेले १११ रन बनाउँदा सदिशा राजपाक्षेले १३१ रनको योगदान गरे । १२६ बल सामना गरेका चामिन्दुले दुई छक्का र आठ चौका प्रहार गरे । अर्का शतकधारी सदिशाले दुई छक्का र ११ चौका प्रहार गरे । बलिङतर्फ नेपालका मोहम्मद आदिल आलमले दुई विकेट लिए । विकेट लिने अन्य दुई नेपाली खेलाडी देव खनाल र विवेक यादव थिए ।
उमेर समूहको एसिया कपमा नेपाल समूह बी मा छ । जितविहीन नेपाली टिम पुच्छारमा छ । दुई–दुई जित हासिल गरेका बंगलादेश र श्रीलंका शीर्ष दुईमा छन् ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_1kRTXHuHfw_4lj21vzzpdllzd7atqz8ivzs6fxgn4onyieg9byibska9xhoc4r9dwwxw2nn.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया