सोमबार २९ बैशाख, २०८२
Monday, May 12, 2025

एमाले यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा छैन : भट्टराई

खोटाङ - नेकपा एमालेका प्रमुख सचेतक एवं पोलिटव्यूरो सदस्य विशाल भट्टराईले यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा एमाले नरहेको बताएका छन् । नेकपा एमाले खोटाङको अधिवेशनको सन्दर्भमा आइतबार दिक्तेलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रमुख सचेतक एवं पोलिटव्यूरो सदस्य भट्टराईले एमसीसीको अनुचित पक्षलाई एमालेले सहर्ष स्वीकार गर्न नसक्ने स्पष्ट पारेका हुन् ।

भट्टराईले नेपाली जनताको आत्मनिर्णयको अधिकारलाई सम्मान गर्ने खालका बुँदाहरू राखिएका कुनै पनि सम्झौताका लागि एमाले तयार रहेको स्पष्ट पारेका छन् । उनले सम्मानमा आधारित एमसीसी भने पास गर्न सकिने बताएका छन् । 'यसका केही प्रावधान नेपाली जनताको आत्मनिर्णयको अधिकार, नेपालको सार्वभौमसत्ता र नेपालको भौगोलिक अखण्डतामा केही आँच आउने प्रकारका केही अस्पष्टताहरू छन् । यद्यपि हामीले अनुदान नलिने भनेको होइन, हामीलाई पुग्यो पनि भनेको होइन । हामी अनुदान लिने पक्षमा छौं ।' 

प्रमुख सचेतक भट्टराईले एमसीसीलाई अनुमोदन गर्ने नाममा एमालेलाई एमसीसीको हरियो घाँस देखाएर सरकारमा आउनका लागि प्रस्ताव आइरहेको उल्लेख गरे । 'एमालेलाई एमसीसीको हरियो घाँस देखाएर त्यसलाई अनुमोदन गर्ने नाममा अव फेरी सरकारमा आइदिन पर्‍यो, हामीलाई सघाउनुपर्‍यो भन्ने प्रस्ताव नआएको होइन,' उनले भने, 'तर एमाले एमसीसी पास गर्ने सर्तमा अहिले कुनै गठबन्धनमा जाने, कुनै सरकारमा जाने वा अर्को गठबन्धन तयार गर्ने कुनै मनसायमा नरहेको कुरा स्पष्ट पार्न चाहन्छु । यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा एमाले बिलकुलै छैन ।' 

प्रमुख सचेतक एवं पोलिटव्यूरो सदस्य भट्टराईले सभामुखले एमालेलाई विभाजन गर्नका लागि मतियारको भूमिका खेलेको आरोप लगाएका छन् ।  यस्तै, एमालेका केन्द्रीय सदस्य उषाकला राईले एमालेको नेतृत्वमा मात्र देशमा संवृद्धिको सपना पुरा हुने बताएकी छन् । केन्द्रीय सदस्य राईले विदेशी सक्तीसँग आँखामा आँखा जुधाएर सामना गर्न सक्ने नेता ओली मात्र भएको उल्लेख गरिन् । उनले माधव नेपाल दक्षिणपन्थी भासमा परेको टिप्पणी गरिन् । 

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न माग

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता