नेताहरूको महाधिवेशन मुड [फोटो फिचर]

काठमाडौँ - मुख्य राजनीतिक दलको महाधिवेशन सिजन चलिरहेका बेला आइतबार काठमाडौँमा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन सत्र चल्यो । काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा भएको माओवादीको उद्घाटन सत्रमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरु थिए ।
यस्तै एमाले महासचिव शंकर पोखरेल, नेकपा क्रान्तिकारीका नेता सीपी गजुरेल, राप्रपाकी महामन्त्री कुन्ती शाही, नेकपा मशालका महासचिव सिपी मैनाली, लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल झा पनि पुगेका थिए ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सम्मेलनलाई अचानक आठौँ महाधिवेशनमा परिणत गरेका थिए । जसअनुसार अन्तिम समयमा मात्रै अरु दलका नेताहरुलाई उद्घाटन सत्रमा बोलाइएको थियो ।
शुभकामना सन्देश दिन बोलाइएका नेताहरुले खुलेर भाषण गरे । एक अर्कालाई घोचपेच पनि गरे । अनि माओवादी कलाकारहरुले प्रदर्शन गरेको सांस्कृतिक गीत सुन्दै नृत्य पनि हेरे । यसवर्ष महाधिवेशन सिजन चलिरहदा नेकपा एमाले, कांग्रेस र राप्रपाले महाधिवेशन सम्पन्न गरिसकेका छन् ।

सिटी सेन्टरमा हरेक शु्क्रबार लाग्ने अर्गानिक मेला यस्तो देख्यो ( फोटो फिचर)
_KXqHza3Zvx_t9lxc8p2c2soepbskrtx1gvhcukpyv90ce3uqlflc7pfkdjupwmmmsuz0wsf_uzuxlILNyh_wnybcketpi7g7xopuerjxzrobjovsv5oojquvxl4jawbsy1smlkh6gluk2qj.jpg)
सुनचाँदी व्यवसायीको आन्दोलन (फोटो फिचर)

कंक्रिटै कंक्रिटको सहर काठमाडौँ (फोटो फिचर)

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_8Mkk6D8CW4_oe9jyfxhm5qbe4ohqae2tudlkwpqo75ejdso9fxiqpowadcbwz0ndnx2n237.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

प्रतिक्रिया