कोरियाले माछा मार्न नेपालबाट कामदार लैजाने, सातामा दुई सय जान पाउने

काठमाडौँ- वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मुलुक मानिने दक्षिण कोरियाले अबदेखि साताको दुई सय नेपाली कामदार लाने भएको छ । कोभिड-१९ को महामारीका कारण कामदार लैजाने प्रक्रिया अवरुद्ध भएकाे थियाे ।
आगामी (सोमबार) १९ गतेबाट कमिटेड र नियमित कामदार लैजाने लागेको वैदेशिक राेजगार विभाग अन्तर्गतकाे ईपीएस कोरिया शाखाका निर्देशक सुरेश राउतले जानकारी दिए । यसअघि कोरियाले ५० देखि एक सय नेपाली कामदार लैजाने गरेको थियो ।
नेपाली कामदारलाई माछा मार्ने काममा पनि लैजाने तयारी गरेको छ । यसअघि उद्योग र कृषिमा मात्र मात्र लैजाने गरेको थियो । माछा मार्ने काममा पनि नेपाली लैजाने गरी छलफल प्रक्रिया अगाडि बढेको उनले बताए । यसले नेपाली कामदारलाई काेरियामा राेजगारीका लागि नयाँ क्षेत्र खुलेकाे छ ।
सरकारले विभिन्न समयमा कोरियाबाट फर्केका नेपाली कामदारलाई पठाउन थालिसकेको छ । पहिलो चरणमा 'कमिटेड' कामदारलाई कात्तिकको पहिलो सातादेखि नेपालबाट जान थालिसकेका छन् ।
कमिटेड कामदारसँगै सन् २०१८-२०१९ मा भाषा परीक्षा पास गरेका कामदारलाई लैजान सुरु गरिसकेको छ । अहिले भने नियमित कामदारलाई थालेपछि कोरिया रोजगारीको ढोका खुल्दै जाने सम्भावना बढ्दै गएको छ ।
कोरियासँग नेपाली कामदारको माग बढाउनका लागि विभिन्न समयमा अनौपचारिक रुपमा छलफल भइरहेको राउतले जानकारी दिए । २०२२ का लागि १६ राष्ट्रबाट कोरियाले ६६ हजार कामदार लिने भएको छ । नेपालबाट कामदार लिनेको संख्या बढाउन आग्रह गरिएको उनले बताए ।
शाखाले बुधबारसम्म ५ हजार १ सय ४६ जनाको परीक्षा सक्ने तयारी गरेको छ । पुस १ गतेदेखि परीक्षा लिन थालेको थियो । तीन सिफ्टमा दैनिक २ सय कामदारको परीक्षा भइरहेको छ । कोरियाबाट फर्केर आएका कामदारको परीक्षा लिएको उनले जानकारी दिए ।
सन् २०२२ को लागि नयाँ कामदार पठाउनका लागि चैत-वैशाखसम्म भाषा परीक्षा गर्न लागिएको निर्देशक राउतले जानकारी दिए । पुराना कामदारको परीक्षा लिनु भनेको कोरिया नेपाली कामदार लैजान इच्छुक रहेको उनले प्रस्ट पारे ।
पछिल्लो समय कामदार कोरिया तर्फ जान थालेपछि रोष्ट्ररमा रहेका कामदारको संख्या पनि घट्दै गएको उनले बताए । कमिटेड कामदार २ हजार रेगुलर र कामदार ६ हजार भन्दा बढी रहेको उनले जानकारी दिए । महामारीमा कामदार पठाउँदा कोभिड-१९ को स्वास्थ्य सुरक्षाको पूर्णरुपमा मापदण्ड पालना गरिरहेको उनले बताए ।
श्रम स्वीकृति प्राप्तगरी ६५ हजार नेपाली कामदार कोरियामा राेजगारीकाे अवसर प्राप्त गरिसकेका छन् । सन् २००७ देखि वैधानीकरूपमा नेपालीहरू भाषा परीक्षा पास गरी कोरिया जान थालेका हुन् ।

राजदूत पौडेलद्वारा ओहदाको प्रमाणपत्र पेस

अष्ट्रेलिया नेपाली कम्युनिटीको (अर्बन) अध्यक्षमा इटहरीका अरूणचन्द्र श्रेष्ठ निर्वाच…

भारतीयको रोजाइमा सिन्की, नेपाली हस्तकला र विजयसालका भाँडा

पाँचौँ नेपाल–जापान न्युरोसर्जरी सम्मेलन आजदेखि सुरु

एनआरएनएको एकता महाधिवेशनका लागि निर्वाचन समिति गठन

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घ…

प्रतिक्रिया