खरानी फाल्न खेतमा गएकी महिलाको घाँटी रेटेर हत्या
सप्तरी- सप्तरीको छिन्नमस्ता गाउँपालिका-१ बरहीकी एक महिलाको घाँटी रेटेर हत्या गरिएको छ । स्थानीय ५० वर्षीया भुटानीदेवी यादवको सोमबार बिहान घाँटी रेटी हत्या गरिएको हो ।
बिहान घरबाट खरानी लिएर खेतमा फाल्न गएका बेला खेतमा हत्या गरिएको अवस्थामा शव फेला परेको स्थानीयले बताए । उनको कसले के कारणले हत्या गरेको भन्ने रहस्य खुल्न सकेको छैन ।
तीन साता अगाडि मात्रै छिन्नमस्ता-६ को एक वृद्धको घाँटी रेटेर हत्या गरिएको थियो । उनको अपराधी पत्ता लाग्न नपाउँदै पुनः सोही प्रकृतिको अर्को घटना दोहोरिएको स्थानीय कृष्णा मण्डलले बताए ।
सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले विज्ञ टोली बोलाएर घटनाको अनुसन्धान भइरहेको बताए । यसअघि हत्या गरिएको वृद्धको घटना पनि अनुसन्धान क्रममा रहेको काफ्ले बताए ।
उच्च अदालत जनकपुरधाममा ४४११ मुद्दा फछ्र्यौट

वीरगञ्जमा निःशुल्क धारा जडान र धरौटी शुल्कमा छुट

पानी नपरेपछि वीरगञ्जको गहवामाईमा पर्जन्य यज्ञ !

भूमिहीनहरूलाई जग्गाधनी प्रमाणपुर्जा वितरण

करेन्ट लागेर एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर

गौशाला नगरपालिकाका ३१ जना प्रधानाध्यापकको राजिनामा

मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

प्रतिक्रिया