‘बजरंगी भाइजान’को सिक्वेल ‘पवनपुत्र भाइजान’

मुम्बई -५६ औँ जन्मदिन मनाइरहेका सलमान खानले केही समयअघि मात्र ‘बजरंगी भाइजान’को सिक्वेल बन्ने र यसको तयारी भइरहेको बताएका थिए । ‘आरआरआर’को प्रेस मिटमा यसको घोषणा गरेका उनले सिक्वेलको कथा ‘आरआरआर’कै निर्देशक एसएस राजामौलीका बुबा केभी विजयेन्द्र प्रसादले लेखिरहेको बताएका थिए ।
सोमबार उनले फिल्मको नाम पनि सार्वजनिक गरेका छन् । जन्मदिनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सिक्वेल ‘पवनपुत्र भाइजान’ नाममा बन्ने जानकारी गराएका छन् । तर यो फिल्ममा उनले एसएस राजामौलीसँग काम गर्ने सम्भावना नरहेको बताएका छन् । सलमान ‘आरआरआर’को प्रमोसनमा हैदराबाद पुगेको देखेपछि केहीले सलमान र राजमौलीले सहकार्य गर्न लागेको हो कि भनी शंका गरेका थिए ।
‘पवनपुत्र भाइजान’को काम तत्काल भने सुरु हुने छैन । सलमानका अनुसार उनले पहिले ‘नो इन्ट्री’को सिक्वेल र ‘कभी इद कभी दिवाली’काम सके पछि मात्र ‘पवनपुत्र भाइजान’को काम सुरु गर्नेछन् ।
तर यो फिल्मको निर्देशन कसले गर्ने भन्ने कुरा चाहिँ निक्र्योल भइसकेको छैन । ‘बजरंगी भाइजान’को निर्देशन गरेका कबीर खानले भने आफूलाई सिक्वेलको विषयमा केही पनि थाहा नपाएको बताएका छन् । उनले फिल्मको न त कथा भेटिएको न पटकथा नै आफूले पाएकाले यो फिल्मको कुरा आफूलाई थाहा नभएको जवाफ दिएका थिए ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया