साहस ऊर्जाका दुई इन्जिनियरको दुर्घटनामा मृत्यु

काठमाडौं - साहस ऊर्जा लिमिटेडले बनाउँदै गरेको दूधकोसी (८६ मेगावाट) को पेनस्टक पाइपको प्रेसर परीक्षण गर्ने क्रममा पाइप पड्कदा दुई जना इन्जिनियरको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
साहस ऊर्जाका अध्यक्ष हिमप्रसाद पाठकका अनुसार पेनस्टक पाइपको हाइड्रोलिक टेस्ट (पाइपले पानी थेग्न सक्ने परीक्षण) का क्रममा पाइप फुट्दा उक्त दुर्घटना हुन पुगेको हो । मृत्यु हुनेहरुमा आयोजनामा कार्यरत अछामका सुवासराज काफ्ले र काभ्रेका अर्जुन थापा छन् ।
‘पाइपको ज्वाइन टेस्ट गर्न पानी राखेर हेर्नुपर्ने हुन्छ,’ पाठकले सोमबार इकागजसँग भने, ‘दुर्भाग्यवश प्रेसर टेस्ट गर्ने क्रममा पाइप फुटेर दुर्घटना भयो ।’ यो आयोजनामा ६ सय मिटरको उचाइबाट प्रतिसेकेण्ड १७ घनमिटर पानी तीव्र गतिले पेनस्टक पाइपमा खस्दा त्यसभित्रको अत्यधिक चाप सहन नसकी फुटेको देखिन्छ । यसले आयोजनामा प्रयोग गरिएका हाइड्रो–मेकानिकलका कार्य गुणस्तरहीन रहेको संकेत गरेको छ ।
आयोजनामा हाइड्रो–मेकानिकलको ठेकेदार माछापुच्छ«े मेटल एण्ड मेसिनरी वक्र्स प्रालि छ । यसको परमार्शदातामा नेपालको हाइड्रो–कन्सल्ट इन्जिनियरिङ लिमिटेड र फिचनर जीएमबीएच एण्ड कम्पनीको संयुक्त उपक्रम छन् । डेढ वर्षअघि मेलम्ची खानेपानीको सुरुङमा रहेको ढोका फुटी एकजना इन्जिनियर र एकजना कर्मचारीको ज्यान गएको थियो ।

ऊर्जा मन्त्रालयको हटलाइन : एक महिनामा १९ सय उजुरी
_7ALsX0Sr8x_xvalc0txdefm34rcrxbzzplqhq3cnfzupilh6h4yxisyyat3jsfpnejx5hwa_AoZ9CFqc9a_kac7wcqlkkzxgl42ncqr3cfxsfq96cvo0dcu7xypovbshyilgtkypnnsr6yt.jpg)
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

जलविद्युत् आयोजनाको ‘मकिङ’ खोलामा फाल्दा बाढीको जोखिम

पानीका स्रोतलाई आर्थिक समृद्धिका लागि उपयोग गर्नुपर्छ : मन्त्री खड्का

ललितपुरका यी स्थानमा आज बिजुली काटिने

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ …

प्रतिक्रिया