शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

दाहालको राजनीतिक प्रतिवेदनपछि देव गुरुङले विधान मस्यौदा प्रस्तुत गर्ने

काठमाडौँ- नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्र चलिरहेको छ । जारी बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् । 

अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिसकेपछि विधान मस्यौदा प्रस्तुत गर्ने कार्यक्रम छ । स्थायी समिति सदस्य देव गुरुङले विधान मस्यौदा प्रस्तुत गर्नेछन् । 
दाहालको राजनीतिक प्रतिवेदन र विधान मस्यौदामाथि समूहमा विभाजन गरी छलफल हुने माओवादीले जनाएको छ । कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनमा अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन वाचन गरेर प्रस्तुत गरिरहेका छन् । 

आइतबारबाट सुरु भएको सो महाधिवेशन १५ पुससम्म चल्नेछ । सो महाधिवेशनले १५ पदाधिकारीसहित २९९ जना केन्द्रीय सदस्य चयन गर्नेछ ।